सनराइज बैंकले ३ स्थानमा शाखारहित बैंकिङ शुरु गरेको छ । बैंकले कर्णाली प्रदेश, सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका वडा नं. १४, बयलकाँडामा ८२ औं शाखारहित बंैकिङ्ग सेवा शुभारम्भ गरेको हो ।
त्यसैगरीे सुदुरपश्चिम प्रदेश, कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नं.९ खैरीफाँटा र कैलाली जिल्लाकै टिकापुर नगरपालिका वडा नं. ८, धनसिंहपुरमा गरी २ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरिसकेको छ ।
बैंकका कुल शाखा रहित बैंकिङ्ग सेवाको संख्या ८२ पुगेको छ । बैंकले उक्त स्थानहरुमा सेवा सञ्चालनका लागी बयलकाँडाका स्थानीय व्यवसायी नवराज रोकाया, खैरीफाँटाका एकराज खड्का र धनसिंहपुरका किर्त ठकुल्लालाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।
ती शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बैंकले जनाएको छ ।
बैंकले हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम र ८२ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।