शेयर कारोबार आज आज उच्चतम विन्दुमा उक्लिएको छ । नेप्से परिसूचक २६ अंकले बढेर ३१११ बिन्दुमा उक्लिएसँगै नयाँ रेकर्ड कायम भएको हाे । दिनभरमा साढे ११ अर्बको कारोबार भएको थियो । मुख्यतः जलविद्युत, माइक्रो फाइनान्स लगायतका समूहकाे कारोबार माथि उक्लिएको हो ।
२२३ कम्पनीको सेयर कारोबारमा आउँदा १३१ कम्पनीको मूल्य बढेको छ। पाँचथर पावर कम्पनी, रुरु जलविद्युत, जीवन विकास लघुवित्त, युनियन लाइफ, घलेम्दी हाइड्रो र लिबर्टी इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।
युनिलिभर नेपाल, ग्रीन डेभलोपमेन्ट बैंक र समृद्धि फाइनान्सको सेयर मूल्य २र३ प्रतिशतले बढेको छ। अपि पावरको सर्वाधिक ४६ करोड ८२ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
ङादी ग्रुपको ४३ करोड ३२ लाख, फर्स्ट माइक्रो फाइनान्सको ३३ करोड ८६ लाख, स्वाबलम्बन लघुवित्तको ३० करोड र निर्धन उत्थान लघुवित्तको २९ करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।