सानिमा बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलार्ई बाल अस्पताल निर्माणका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बालबालिकाहरुलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्नको लागि काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले राजधानी काठमाडौं लगायत सबै प्रदेशमा सुविधायुक्त अस्पताल निर्माण गर्ने लक्ष्य राखेको छ ।
सो समझदारी पत्रमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको तर्पmबाट डा. भगवान कोइराला र सानिमा बैंकको तर्पmबाट नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले बैंकमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर गरेका हुन । संस्थापक अध्यक्ष डा. भगवान कोइराला मुटुरोग विशेषज्ञ, प्राध्यापक तथा समाजसेवी पनि हुन । बंैकको देशभर हाल सम्म ८६ वटा शाखा संजाल, १८ विस्तारित काउन्टर तथा ९६ वटा ए.टि.एम. रहेका छन् ।