
कथाकार
- ई.सन्तोष कुमार पोखरेल
नयाँ बानेश्वरको चोक र माइतीघरको कुनोमा एउटा भिखारी भौंतारिन्थ्यो ।
तर तेसदिन तेसलाई जुरेन- माइतीघर-मंडलादेखि बानेश्वर चोकसम्म टन्नै मान्छेको भीड़ थियो, नारा गुन्जिदै थिए – “फलानाको सरकार राजीनामा, दे फलानो चोर, एसो गर्छौं र उसो गर्छौं ।
“ ऊ गयो हेर्यो सुन्यो र टोलाएर एकछिन उभियो र अलि पर छेउ लाग्यो। उसले यो सब केही बुझेन ।
नारा जोड़तोड़ले लाग्दै थिए मान्छेहरू हौंसिएका थिए रौंसिएका थिए र सबैका आँखा चम्केका र अनुहार तातेर राता देखिन्थे।
त्यों जुलूस थियो । उसले केही बुझेन र आफू जस्तै देखिने मधेशबाट आएको एउटा मान्छेलाई देखेर खुशी भयो र जुलूस निर गएर त्यहाँ कराउँदै हिंडेको तेस मान्छेका पाखुरा समातेर फर्काएर सोध्यो, “तेरो घर कुन ठाउँ हो? म पनि सिरहाबाट आको अस्ति ।
म पनि एस्तै कराउँदै हिंडेको, केके हो केके हो म जान्दिन । अँ अलिअलि पैसो पनि देकाथिए सकियो अनि माग्न थाल्याछुँ ।
अरु घर फर्की गए क्यार, म त छुटेछुं।” ती दुबैलाई जुलूसका नारा के हुन्, यो प्रचण्ड माकुने र ओली भनेका को हुन्- केही थाहा रहेनछ ।
भिखारीले ओली भन्ने जोकर भन्ने बुझेको रहेछ, ऊ मरिमरी हाँसेको रहेछ तेस मान्छेको अभिनय देखेर । अनि भन्दै थियो, “आज तैंले पनि खूब हाँस्न पाउने भइस् ।”
त्यो सिराहाको मान्छे त्यो प्रचण्ड जुलूस सभामा परिणत भएको हेरिरहेको थियो, उसका आँखा त्यही जोकर फेरि आउला र हाँस्न पाइएला भनेर हेरिरहेका थिए ।
ऊ सम्झिरहेको थियो आफ्ना गाउँको राजा नल र रानी दमयंती अनि रामलीलाहरूमा जोकरहरुले गरेका शानदार अभिनय अनि कसरी भुंडी मिचिमिची ऊ हाँसेको थियो । ऊ झस्कियो तन्द्राबाट, जुलूसले फेरि जोरले नारा लगायो-मुर्दाबाद जिन्दाबाद । अनि त्यहाँ दुई जना मान्छे मंचमा देखा परे, दुबैका रूप रौद्र थिए ।
त्यो मदेशे छक्क पर्यो त्यहाँ कोही हाँसेका थिएनन् सबै रिसाएका देखिन्थे । उसले केही बुझ्न सकेन ।
ती दुई मान्छेहरू पहिला मंचाशीन गराइए, तेसपछि एउटा भन्दै थियो “वर्त्तमान परिप्रेक्षमा हामी मान्दैनौं र अर्को जुंगामा ताऊ लाउँदै गर्जँदै थियो “हामीले देखाइदियौ लू हेर्नुस् जुलूस एत्रो हुन्छ भनेर ।” (ती सबै निर्दोष नेपाली नागरीकहरू प्रति जो यस देशको गन्दा राजनीति देखि धेरै टाढा छन् । )
जुलाई ३१, २०२१ भक्तपुर ,नेपाल ।