काठमाण्डौं । नेपाल कम्युष्टि पार्टीका संस्थापक महासचिव तथा कम्युनिष्ट आन्दोलनका मार्गदर्शक कमरेड पुष्पलालको ४३औं स्मृति दिवसको सन्दर्भमा आज साउन १५ गते आयोजित कबिता बाचन कार्यक्रममा बिभिन्न कबिहरुले महत्वपूर्ण कबिता बाचन गरेका गरेका थिए ।
यो कबिता बाचन कार्यक्रमको शुभारम्भ बयोबृद्ध भोजपुरी कबि किसान आन्दोलनका पुराना अग्रज नेता नन्दन अर्यालले बाचन गरेका दुइवटा भोजपुरी कबिताबाट भएको थियो ।
त्यसपछि कबिता बाचन गर्नु हुने कबिहरुमा भारत मणिपुरकी सीता देबी क्षेत्री,इलामका इन्द्रनारायण सुबेदी, झापाका गणेश मार्मिक, मोरङ्गका शिबनारायण पण्डित,सुनसरीका राजेश बान्तबा,(हाल काठमाण्डौ) धनुषाका सागरबीर कडारी(हाल सप्तरी) सिन्धुलीका बाबुराम श्रेष्ठ,सिन्धुलीकै एकलाल श्रेष्ठ, भक्तपुर बालकोटका जीवनाथ अधिकारी, भक्तपुर ठिमीका ई. सन्तोषकुमार पोखरेल र भक्तपुरका महेन्द्र जोशी, काठमाण्डौका शरणबिक्रम मल्ल र सीता सुबेदी तनहुँका राम बिनय(रामकुमार श्रेष्ठ)र स्यांजाका रामकुमार आहत रहेका थिए ।

आयोजक नेपाल कम्युनिष्ट पार्टी स्कूल बिभागकाे तर्फबाट लाेकनारायण सुबेदीले सबैलाई स्वागत अभिबादन गर्दै र कमरेड पुष्पलालप्रति समर्पित एक कबिता सुनाउदै सञ्चालन गरिएको गुगल मिट कबिता बाचन कार्यक्रममा आमन्त्रित सबै कबि कबियत्रीहरुलाई कबियत्री तथा गायक सीता निरौलाले ‘स्वागत गर्छौं हामी जनताका योद्धाहरुलाई सम्मान गर्छौं हामी बीर अमर शहीदहरुलाई’ भन्ने स्वागत गानबाट स्वागत गरेकी थिइन् ।
कार्यक्रममा कतिपय अन्य महत्वपूर्ण कबिहरुका कबिता प्राप्त भए पनि प्राबिधिक कठिनाईले गर्दा उनीहरु उपस्थित हुन सकेका थिएनन् ।त्यस्तै एउटा महत्वपूर्ण र सामयिक ‘आमा बिमारी परिन’ भन्ने कबि त्रिलोचन आचार्यको कबिता सञ्चालक सुबेदी स्वयंले पढेर सुनाएका थिए । उनले सहभागी र आउन चाहेर पनि आउन नसकेका कबिहरुलाई समेत हार्दिक धन्यबाद दिदै कबिता बाचन कार्यक्रमको समापन गरेका थिए ।
कबिता बाचन कार्यक्रममा सहभागी साहित्यकार तथा साहित्यानुरागी ब्यक्तित्वहरूले बिशेष अवसर तथा बेलाबेलामा यस्ता साहित्यिक कार्यक्रम तथा साहित्यिक बिचार बमर्श भइरहनु पर्ने सुझाव पनि दिएका थिए ।