महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले एमएडब्लु बृद्धि कमर्सियल भेहिकल्स प्रा. लि.सँग सम्झौता गरेको छ ।उक्त सम्झौता अनुसार उत कमर्सियल भेहिकल्सबाट ग्राहकहरुले फोटोन ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंक मार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरुलाई अधिकतम ८ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ८० प्रतिशत सम्म कर्जा प्रवाह गरिन बैंकले जनाएकोे छ ।देशका १०३ वटा शाखाहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको बैंकको सबै शाखाहरुबाट यो सुविधा उपलब्ध हुनेछ ।