निष्कासित गरेकोमा त्यो पर्दैन भनेँ अब
कार्यबाही भयो फिर्ता त्यो पर्दैन भनेँ अब
साहुलाई बुझाएर घरका कुलदेवता
कसरी घरमा फर्कूँ त्यो पर्दैन भनेँ अब
हनुमानहरू नाचे जनता अल्मल्याउन
ननाच त्यसरी हुन्न त्यो पर्दैन भनेँ अब
राजीनामा गरे पैले आकाशै खस्छ झैं भयो
आज फिर्ता बुझेको छु त्यो पर्दैन भनेंँ अब
बनेँ प्रधानमन्त्री म प्रतिपक्षी थिएँ अघि
विपक्षी भूमिका छोड त्यो पर्दैन भनेँ अब
सत्ताका धमिराबाट वाक्क छन् जनताहरू
राष्ट्रघाती भयो खेल त्यो पर्दैन भनेँ अब।