बुधबार, भाद्र ३ गते २०८३

सर्वोच्चको आदेश : बायूसेवा निगमको निजीकरण प्रक्रिया राेक

श्रावण ११, २०७८ सोमबार
सर्वोच्चको आदेश : बायूसेवा निगमको निजीकरण प्रक्रिया राेक

dhakal.jpg
सीताराम थापा

( विशेष प्रतिनिधि) 
केही समय पहिले सरकारले नेपाल वायु सेवा निगम लाई निजिकरण गर्न लागेकाे बिबादित मुद्वालाई सरबाेच्च अदालतमा  रिट परेकाे थियाे। सर्वोच्च अदालतले राष्ट्रकाे एक मात्र  नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने प्रक्रिया रोक्न आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विरुद्ध परेको रिटमा आइतवार तत्काललाई याे राेक्ने आदेश जारी गरेकाे हाे। 

नेपाल सरकारले अर्बौं रुपैयाँ घाटामा संचालन गरिरहेकाे बायूसेवा  सञ्चालन ढांचा फेर्ने गरी एउटा विकल्पका रुपमा निजीकरणलाई अघि सारेको थियो। यधपि, सरकारको निजिकरणकाे बिकल्पकाे कदम कदम रोक्न मागमा परेको रिटमा सर्वोच्च अदालतले तत्काललाई कुनै पनि प्रक्रिया अघि नबढाउन आदेश जारी  गरेको छ।
नेपनलकाे न्यायलयले यसबारेमा छलफलका लागि १५ दिनभित्र उपस्थित हुन पनि  दुवै पक्षलाई बोलाएको छ। अन्तरिम आदेशबारे पनि सर्वोच्चले दुवै पक्षसँगको छलफलपछि निर्णय लिने जनाएकाे छ।  सरबाेच्चले भनेकाे छ, "दुवै पक्षको छलफलपछि अन्तरिम आदेश दिने नदिने टुंगो गर्नुअघि नेपाल वायुसेवाको निजीकरण गर्ने सम्बन्धी सम्पूर्ण प्रक्रिया जे जस्तो अवस्थामा छ, सोही अवस्थामा यथास्थितिमा राख्नू" भनी उल्ल्र गरिेएकाे छ। 
यसरी नसपालकाे संस्थानहरु सरकारले घाटाकाे अवस्थामा पुर्याउदै निजिकरण गरेकाे थुप्रै उदाहरण छन। यसलाई न्यायलयले राेक्ने र नया गठबन्धन सरकारले यस्ता कदमलाई सच्च्याएमा सकरात्मक संदेस जाने नागरिक समाजकाे बिश्वास रहेकाे छ।