शनिबार, आश्विन १७ गते २०८३

रा.वा. बैंक कर्मचारी संघको ३२ औ वार्षिकोत्सबमा रतदान  कार्यक्रम 

श्रावण ७, २०७८ बिहीबार
रा.वा. बैंक कर्मचारी संघको ३२ औ वार्षिकोत्सबमा रतदान  कार्यक्रम 


राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३२औं वार्षिकोत्सवको  कार्यक्रम विविध कार्यक्रमका बीच सम्पन्न भएको छ ।  ३२ औं वर्षिकोत्सव अवसरमा संघका कार्यवाहक अध्यक्ष रामप्रसाद जोशीले वृक्षारोपण तथा संघको झण्डोत्तलन गरेका थिए । ३२ औं वर्षिकोत्सवको अवसरमा  आयोजित रक्तदान कार्यक्रममा संघका का.वा. अध्यक्ष रामप्रसाद जोशीेले रक्तदानको ब्लड ब्याग कार्यक्रमका प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । त्यसपश्चात प्रमुख अतिथि एवं प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले विभागीय प्रमुख विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरेर सुरु गरिएको रक्तदान कार्यक्रममा ६७ जना बैंक कर्मचारीहरुले रक्तदान गरेका थिए ।
 वािर्षकोत्सवको अवसरमा संघले मामाघर नेपाल मकवानपुरलाई आर्थिक सहयोग गर्ने भएको छ । वर्षिकोत्सवका विविध कार्यक्रम संघका विभिन्न क्षेत्रीय समितिहरुमा समेत संचालन गरिएको थियो । रा.वा. कर्मचारी संघ नेपाल २०४७ साल साउन ६ गते स्थापना भएको बैंकभित्रको सबैभन्दा जेठो ट्रेड युनियन हो । संघले पेशागत हक, हित तथा सस्थाको सम्बद्र्धनका बिषयमा जोडदार आवाज उठाउदै आईरहेको छ ।
संघका महासचिव लक्ष्मीप्रसाद पाण्डेले संचालन गर्नुभएको रक्तदान कार्यक्रममा रक्तदान कार्यकमका संयोजक बद्रीप्रसाद तिमिल्सिना, कार्यकारीणी समितिका पदाधिकारीहरु, केन्द्रीय समिति तथा क्षेत्रीय समितिका पदाधिकारीहरु, नेपाल वित्तीय संस्था कर्मचारी संघ नेपाल रा.वा.बैंकका अध्यक्ष गगनसिंह घिमिरे तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृतहरु देवेश प्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, कम्पनी सचिव, उपप्रमुखहरु, शाखा प्रबन्धकहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
्