शुक्रबार, कार्तिक ७ गते २०८३

एनआईसी एशियाको २४औं वार्षिकोत्सवमा २४ प्रतिशतसम्म क्यासब्याक अफर

श्रावण ७, २०७८ बिहीबार
एनआईसी एशियाको २४औं वार्षिकोत्सवमा २४ प्रतिशतसम्म क्यासब्याक अफर

 

एनआईसी एशिया बैंक २४औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले विद्युतीय भुक्तानीमा २४ प्रतिशतसम्मको क्यासब्याक योजना ल्याएका छ ।

जस अन्तर्गत यस बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी पीओएस तथा ई कमर्शमा भुक्तानी गर्दा तथा एनआईसी एशिया मोबैंक मार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म क्यासब्याक योजना प्राप्त गर्न सकिने छ । यो सुविधा साउन ७ गते कार्ड वा एनआईसी एशिया मोबैंकबाट कारोबार गर्ने पहिलो एक हजार ग्राहकले पाउन सक्नेछन् ।

हाल डिजिटल फर्ष्टको रणनीति अङ्गीकार गर्दै डिजिटल माध्यमलाई पहिलो प्राथमिकता दिई आफ्ना बैंकिङ्ग सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेकोमा यसलाई थप विस्तारित बनाउँदै जाने बैंकले बताएको छ । बैंकले जुनसुकै स्थानबाट, जुनसुकै समयमा पनि बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प तथा लाईफ स्टाइल बैंकिङ्गको अवधारणा अङ्गीकार गर्ने रणनीति अख्तियार गरेको समेत बताएको छ ।

बैंकले आर्थिक वर्ष २०७८।७९ मा ठोस डिजिटल रुपान्तरणको लक्ष्य लिएको छ । बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका दुर्गम जिल्लाहरू मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान आदि तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाको उपस्थीति नरहेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा समेत शाखा सञ्जाल विस्तार गरी वित्तीय पहुँच विस्तारमा समेत गर्न उल्लेख्य योगदान पुर्याएको छ ।

२४ वर्षसम्मको अवधिमा बैंकले देशकै सबैभन्दा बढी शाखा विस्तार गरी ग्राहकलाई सेवा दिन सफल भएको छ । बैंकले हाल ३५६ शाखा, ७० विस्तारित काउण्टर, ८१ शाखा रहित बैंकिङ्ग सेवा तथा ४७१ एटिएम मार्फत आफ्ना २७ लाख ३६ हजारभन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाताहरु मार्फत ग्राहकलाई गुणस्तरिय सेवा प्रवाह गर्दै आइरहेको छ ।

२०५४ साल साउन ७ गते स्थापना भई बैंकले कारोबार शुरु गरेको थियो ।