शुक्रबार, कार्तिक ७ गते २०८३

सनराइज बैंकले सुरु गर्‍यो कार्डलेस ओटीपी भुक्तानी सेवा

श्रावण ६, २०७८ बुधबार
सनराइज बैंकले सुरु गर्‍यो कार्डलेस ओटीपी भुक्तानी सेवा

 

सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । हालसम्म ग्राहकहरुले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटिएम मेशिनबाट रकम झिक्दै आएकोमा अब सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै एटिएमबाट रकम झिक्न सक्नेछन् । यस सेवा अन्तर्गत ग्राहकहरुले आफ्नो सनराइट स्मार्ट मोबाइल बैंकिङ्ग एप प्रयोग गरी कार्डलेस विथड्रअल अप्सनमा आफूले भुक्तानी गर्न चाहेको रकम हाली सब्मीट गर्नुपर्नेछ । त्यसपछि ग्राहकको सम्बन्धित मोबाइल नम्बरमा एसएमएसमार्फत ओटीपी कोड जानेछ । सनराइज बैंकको एटिएममा गई कार्डलेस विथड्रअल अप्सन रोजी प्राप्त ओटीपी को प्रयोग गरी सजिलै कार्ड बिना नै रकम झिक्न सक्नेछन् । उक्त कोड भने गोप्य र सुरक्षित राख्नु पर्ने बैंकले जनाएको छ । 

नयाँ र अत्याधुनिक यस प्रविधिको प्रयोगले भौैतिक कार्ड बोक्न बिर्सेको अवस्थामा पनि मोबाइल बैंकिङ्ग प्रयोग गरी एटिएममार्फत सजिलै रकम झिक्न सकिने जनाइएको छ । सनराइज बैंकले यस अघि पनि मिस्ड कलबाट बत्तीको बिल भुक्तानी, मोबाइल बिल भुक्तानी जस्ता सजिला र आधुनिक सेवाहरु प्रदान गर्दै आएको छ । यो सुविधा ग्राहकहरुले बैंकको देशभरी रहेको १६१ वटा एटिएममार्फत लिन सक्ने बैकले जनाएको छ ।