बुधबार, भाद्र ३ गते २०८३

प्रतिनिधि सभा पुनर्स्थापना पछिको पहिलो बैठककाे दिन नै देउबाले लिए बिश्वासको मत

श्रावण ३, २०७८ आइतबार
प्रतिनिधि सभा पुनर्स्थापना पछिको पहिलो  बैठककाे  दिन नै देउबाले लिए बिश्वासको मत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा विश्वास पाएका छन् । पुर्नस्थापित प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री देउवाले गरेको विश्वासको मतको परीक्षणमा बहुमत अर्थात् १ सय ६५ सांसदकाे समर्थन जुटाए।

संसदकाे पुनर्स्थापना पछि  बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा देउवालाई कांग्रेसबाट ६१, माओवादीबाट ४९ , जसपाबाट ३२ र राष्ट्रिय जनमोर्चाबाट १, नेमकिपाबाट १ मत र ओलीनिकट चार सांसदले पनि विश्वासको मत पाए भने राप्रपा तटस्थ बस्याे ।

सर्वोच्चको असार २८ गतेको फैसलापछि प्रतिनिधिसभा पुनःस्थापना भएको हो । अदालतकै परमादेशबमोजिम कांग्रेस सभापति देउवा २९ असारमा प्रधानमन्त्री नियुक्त भएका थिए । उनले संवैधानिक प्रावधानअनुसार आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिएका हुन् ।

योसँगै देउवाले प्रतिनिधिसभाको कार्यकालसम्म सरकारको नेतृत्व गर्नेछन् भने उनले नै चुनाव गराउनेछन् । यसअघि २०७४ मा पनि देउवा नेतृत्वको सरकारले नै चुनाव गराएका थिए ।