शनिबार, आश्विन १७ गते २०८३

ग्लोबल आइएमई बैंकको ७.९९ प्रतिशतमा आवास कर्जा 

श्रावण १, २०७८ शुक्रबार
ग्लोबल आइएमई बैंकको ७.९९ प्रतिशतमा  आवास कर्जा 

ग्लोबल आइएमई बैंक लिमिटेडले ७.९९ प्रतिशत (प्रिमियम सहित) आकर्षक ब्याज दरमा विशेष आवास कर्जा  योजना ल्याएको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासिय घर निर्माण गर्न तथा अन्य बैंक बित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरीे यो योजना ल्याएको हो । यस विशेष आवास कर्जा योजना अन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि अधिकतम् रु. १ करोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउनेछन् र यो योजनामा सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैकिङ्ग तथा क्रेडिट कार्डमा लाग्ने शुल्कमा पहिलो वर्ष शत–प्रतिशत छुट प्रदान गरिनेछ ।  बैंकले, कोरोना (कोभिड–१९)ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा दिई हौसला र साथ प्रदान गर्ने उद्देश्यले आवश्यक कागजातहरु पेश गरेको ३ कार्य दिन भित्र विना झन्झट कर्जा प्रवाह गर्नेछ । ग्राहकहरुले  ७६ जिल्लामा फैलिएको बैंकका सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्नुहुनेछ ।

सिमित अवधिको लागि ल्याइएको यस योजनाबाट लाभ लिन सम्बन्धित सबै पक्षहरुलाई बैंकले अनुरोध गरेकाे छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले वर्षेनी यस्तो सरल तथा सहज किसिमको कर्जा योजना ल्याउने गरेको छ ।