शनिबार, आश्विन १७ गते २०८३

सानिमा बैंकका ग्राहकलाई दराजको महाबचत बजारमा विशेष छुट 

श्रावण १, २०७८ शुक्रबार
सानिमा बैंकका ग्राहकलाई दराजको महाबचत बजारमा विशेष छुट 


सानिमा बैंकले अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको छ । दराजको महाबचत बजार योजना अन्तर्गत  बैंकका ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५% वा अधिकतम् रु १,५००÷ सम्मको छुट प्राप्त गर्न सक्नेछन भने क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २०% वा अधिकतम् रु २,०००÷ सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ ।

यो योजना  साउन ३ देखि ०७८ साउन ७ गतेसम्म लागू हुनेछ । उक्त समझदारीपत्रमा सानिमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र दराज केयमु प्रा. लि. को तर्फबाट डिजिटल पेमेन्ट पाटनरसिप म्यानेजर अरुण फुँयालले हस्ताक्षर गरेका छन ।