शनिबार, आश्विन १७ गते २०८३

महालक्ष्मी विकासले  महिला मैत्री शौचालय निर्माणका लागि गन्यो आर्थिक सहयो

श्रावण १, २०७८ शुक्रबार
महालक्ष्मी विकासले  महिला मैत्री शौचालय निर्माणका लागि गन्यो आर्थिक सहयो


 
महालक्ष्मी विकास बैंकको भैरहवा शाखाले रुपन्देहीको सिद्घार्थनगर नगरपालिका वडा न. १ मा अवस्थित बेलहिया माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको महिला मैत्री शौचालयका लागि  एक लाख पचहत्तर हजार  रुपैया आर्थिक सहयोग  गरेको छ ।

 रोटरी क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष तथा रोटरी डिस्ट्रिक ३२९२ रिजन २१ का एसिस्टेन्ट गभर्नर राजकुमार गुप्ताको प्रमुख आतिथ्यतामा बेलहिया माध्यामिक विद्यालयको प्राङगणमा सम्पन्न एक कार्यक्रमका बीच बैंकको भैरहवा शाखाका प्रबन्धक  गौतम गुप्ताले रोटरी क्लब अफ भैरहवाका अध्यक्ष चक्रमणि आचार्यलाई एक लाख पचहत्तर हजार रकमको चेक हस्तान्तरण गरेका हुन ।