शनिबार, आश्विन १७ गते २०८३

अध्यादेश मार्फत ल्याएको बजेटलाई देउवा सरकारले समयअनुकुल संशोधन गर्न सुझाब

श्रावण १, २०७८ शुक्रबार
अध्यादेश मार्फत ल्याएको बजेटलाई देउवा सरकारले समयअनुकुल संशोधन गर्न सुझाब

नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर डा. चिरंजीवि नेपाल र दिपेन्द्र बहादुर क्षेत्रीले नयाँ सरकारले पूर्ण बजेट ल्याउनुपर्ने बताएका छन् । सरकारको बजेटमा भन्दा नेपाल राष्ट्र बैंकको नीतिमा नागरिकको विश्वास हुने भएका कारण वित्तीय स्थायीत्वमा केन्द्रीय बैंक अडिक हुनुपर्नेमा उनीहरुको जोड छ । मिडिया इन्टरनेसनलले ‘पुनरुत्थानसँगै सवल अर्थतन्त्र’ विषयमा गरेको वेवीनार कार्यक्रममा पूर्व गर्भनर डा. चिरंजीवि नेपालले केपी ओली सरकारले अध्यादेश मार्फत ल्याएको बजेटलाई देउवा सरकारले समयअनुकुल संशोधन गर्नुपर्ने बताए ।
राजनीतिक स्थिरता नभएको अवस्थामा सरकार परिवर्तन भएको र बजेट अध्यादेशबाट आएको कारण अहिलेको सरकार बजेट कार्यान्वयन गर्न सक्ने स्थितिमा नपुगेको उनको भनाई छ । बजेटमा केहि संशोधन गरेर खर्चलाई कटौती गर्दै लैजान आवश्यक रहेको नेपालले बताए । सरकारले राहतको प्याकेज ल्याउनुपर्नेमा उनको जोड छ । राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिबाट नभई सरकारले नै राहत ल्याउनुपर्ने उनले औंल्याए । 
मौद्रीक नीति स्थायीत्व, मुद्रा स्फितीलाई हेर्ने खालको हुनुपर्ने भन्दै पूर्व गभर्नर नेपालले अघिल्लो सालको मौद्रिक नीतिले सहज रुपमा काम गरेको बताए । 
संसारका सबै देशले बजेटले स्वास्थ्य र आर्थिक पुनस्र्थापनका प्याकेजहरु ल्याएको भन्दै नेपालले मात्रै स्वास्थ्य र आर्थिक पुनस्र्थापनाका प्याकेज ल्याउन नसकेको बताए । बजेटले अर्थतन्त्रलाई टेवा दिन र निम्नवर्गदेखि व्यवसायीसम्मलाई आत्मबल बढाउन नसकेको उनको भनाई  छ । 

केन्द्रीय बैंकले बैंकिङ कोरोबार गर्ने नभइ बैंकिङ नियमन र सुपरिवेक्षण गरेर निक्षेपलाई सुरक्षित बनाउने काम भएको हुँदा मानिसले केन्द्रीय बैंकबाट धेरै अपेक्षा गर्न नहुने उनको भनाई छ । ‘हामी कहाँ मात्र केन्द्रीय बैंकले पुनर्कर्जा दिने प्रचलन छ, यसले पुनर्कर्जा दिने नभई वित्तीय स्थायीत्वका लागि बैंक र वित्तीय संस्थालाई नियमन र सुपरिवेक्षण गर्दै सुरक्षित बनाएर लैजाने हो ’उनले भर्ने ।  सोही कार्यक्रममा नेपाल राष्ट्र बैंकका अर्का पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारले सर्वस्वीकार्य बजेट ल्याउनुपर्ने बताए । 

कार्यक्रममा पूर्व गभर्नर क्षेत्रीले केपी ओली नेतृत्वको सरकारले अध्यादेश मार्फत ल्याएको बजेट भएकाले अहिलेको सरकारले आफ्नो हिसावले बजेट ल्याउन सक्ने बताए ।  ‘देउवा सरकारले सर्वस्वीकार्य बजेट ल्याउनुपर्छ ।’ त्यसैगरी राष्ट्रिय गौरवका आयोजनाहरु विगत सातआठ वर्षदेखि सफल हुन नसकेको भन्दै यसलाई पनि अबको बजेटले समेटेर लैजानुपर्ने उनको भनाई छ ।  बैंकसँग रहेको रकम सरकारले सापटी नलिएको भए नीजि क्षेत्रमा रकम जाने उनको भनाई छ । 
अहिले राजश्व नीति आयतमुखी रहेको भन्दै  बजेटले आयतका लागि प्रश्रय दिएको उनले  राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिले उपयुक्त किसिमका योजनाहरु ल्याउने अपेक्षा गरे ।  कोभिडबाट उद्योग धन्दामा परेको असरलाई नयाँ मौद्रीक नीतिले  समेट्नुपर्ने  क्षेत्रीको भनाइ छ ।