नेपाल इन्भेष्टमेन्ट बैंकले "यूरोमनि अवार्ड फर एक्सिलेन्स - २०२१" प्राप्त गरेको छ । बैंकले यो अवार्ड दोश्रो पटक प्राप्त गरेको हो । यस अघि सन् २०१८ पनि सोही अवार्ड बैंकले पाउन सफल भएको थियो ।
युरोमनिले बैंकको गुणस्तरीय सेवा, सिर्जनात्मक र ग्राहक प्रतिको विशेषज्ञताका लागि यो अवार्ड प्रदान गरेको हो। यो अवार्ड वित्तीय क्षेत्रमा निकै सम्मानित मानिन्छ। प्रतिष्ठित वित्तीय म्यागाजिन यूरो मनिले सन् १९९२ देखि यूरो मनि अवार्ड दिन शुरु गरेको हो ।
३ अर्बको हाराहारीमा पूँजीगत आधार भएको इन्भेष्टमेन्ट बैंकले १७८ अर्ब निक्षेप संकलन गरी १६७ अर्ब ऋण परिचालन गरेको छ । बैंकले आफ्ना ८६ शाखा, १३१ एटिएम र २० एक्सटेन्सन तथा १० राजश्व संकलन केन्द्रमार्फत ग्राहकहरुलाई सेवा दिँदै आएको छ ।