मुक्तिनाथ विकास बैंकले ऋणपत्र जारी गर्ने भएको छ। बैंकले साउन ७ गतेबाट साउन ११ ऋणपत्र विक्री गर्ने भएको हाे ।
बैंकद्वारा जारी ऋणपत्रको वार्षिक ब्याज दर ८.७५ प्रतिशत रहेको छ भने ब्याज रकम प्रत्येक ६ महिनामा भुक्तानी हुने बैंकले जनाएको छ ।
बैंकले १००० रुपैयाँ अंकित दरका एक अर्ब २५ करोड रुपैयाँको ऋणपत्र जारी गर्न लागेको हो। यसमध्ये ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवरले बिक्री गर्ने छ। सामूहिक लगानी कोषलाई ५ प्रतिशतसहित सर्वसाधारणलाई बाँकी ऋणपत्र बिक्री गर्ने छ।
ऋणपत्रको अवधि ७ वर्षको हुने छ। कम्तिमा २५ कित्ताका लागि आवेदन दिनु पर्छ। बढीमा ५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।