शुक्रबार, कार्तिक ७ गते २०८३

माछापुच्छ्रे बैंकको ३० लाख थान डिबेञ्चर असार ३१ बाट बिक्रीमा

आषाढ २४, २०७८ बिहीबार
माछापुच्छ्रे बैंकको ३० लाख थान डिबेञ्चर असार ३१ बाट बिक्रीमा

 

माछापुच्छ्रे बैंकले आगामी असार ३१ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले  ‘८।५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामको एक हजार रुपैयाँ दरको ३० लाख थान ऋणपत्रको निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।

जसमध्ये १२ लाख कित्ता सर्वसाधारणलाई र बाँकी रहेको १८ लाख कित्ता ऋणपत्र विभिन्न व्यक्ति तथा संघ संस्थालाई व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

बैंकको यस ऋणपत्रको अवधि १० वर्षको रहेको छ । जसमा वार्षिक ८.५ प्रतिशतका दरले ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ ।

ऋणपत्र किन्न चाहने इच्छुकले असार ३१ गतेदेखि छिटोमा साउन ४ गतेसम्म र ढिलोमा साउन १७ गतेसम्म खरिद गर्न सक्नेछन् । सर्वसाधारणहरुले न्युनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मको ऋणपत्र खरिद गर्न सक्ने छन् ।

उक्त ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । सि–आस्बा सेवा दिने बैंक तथा वित्तीय संस्था र मेरो शेयर