नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा सिन्धुली जिल्ला अध्यक्ष कमरेड कमलप्रसाद घिमिरेको निधन भएकोमा असार २३ गते शोक सभा आयोजना गरेर कमरेड घिमिरेप्रति नेपाल कम्युनिष्ट पार्टीले उच्च सम्मानकासाथ हार्दिक श्रध्दाञ्जली दिदै शोक सन्तप्त परिबारमा गहिरो समबेदना ब्यक्त गरेको छ । सभामा सबै बक्ता कमरेडहरूले देहाबसान भएका कमरेड कमल घिमिरे एक कम्युनिष्ट अनुशासनले सुसज्जित, सिधान्तनिष्ठ, इमानदार र लडाकु कम्युनिष्ठ योध्या हुनुहुन्थ्यो भन्ने कुरा उजागर गर्नुभएकाे थियाे। केही बर्षदेखि अस्वस्थ र असक्त रहनु भएका कमरेड घिमिरेकाे गएकाे असार ११ गते साँझ उहाँकै घर सिन्धुलीमाढी मधुटारमा भएकाे थियाे । असार १२ गते उहाँकाे सम्मानमा नेपाल कम्युनिष्ट पार्टीकाे तर्फबाट पार्टीका राष्ट्रीय सम्मेलन तयारी समितिका सदस्य कमरेड नबराज श्रेष्ठले कमल घिमिरेकाे पार्थिब शरीरमा पार्टीकाे झण्डा ओढाएर अन्तिम बिदाइ गर्नु भएकाे थियाे । अन्तिम सँस्कारका बेला कम्युनिष्ट नेता कमरेड एकलाल श्रेष्ठ लगायत पार्टीका जिल्ला समिति र मातहतका कामरेडहरू लगायत सिन्धुली जिल्लाका बिभिन्न दलका महानुभावहरूकाे उपस्थिति रहेकाे थियाे ।
दिबंगत कमरेड घिमिरेकाे सम्मानमा जुम शाेक सभामा बाेल्ने क्रममा पार्टीका संयाेजक ऋषिराम कट्टेल, सह-संयाेजक लाेकनारायणा सुबेदी, सचिबालय सदस्यहरू रामबहादुर भण्डारी, शरणबिक्रम मल्ल, रामदुलार महताे, सीता सुबेदी, केन्द्रिय सदस्य बदरीनाथ अधिकारी, नेता एकलाल श्रेष्र र ताेया अधिकारीहरूले कमरेड कमल घिमेरकाे संघर्षशील क्रान्तिकारी कम्युनिष्ट जीवनका बिबिध पक्षकाे उजागर गर्दै उहाँकाे निधनबाट पार्टी र कम्युनिष्ट अान्दाेलनमा अपुरणीय क्षति पुगेकाे र शाेकलाइ शक्तमा बदलेर क्रान्तकारी सबै कम्युनिष्टहरू कमरेड पुष्पलालकाे क्रान्तिकारी बिचार वरिपरी गाेलबन्द भएर कम्युनिष्ट आन्दोलननमा देखा परेका दक्षिणपन्थी अवसरबाद तथा बामपन्थी दुस्साहसबादबाट याे आन्दोलनलाई जाेगाउदै सही दिशामा अघि बढाउन सकेमा मात्र कमरेड कमल घिमिरेप्रति सच्चा श्रध्दाञ्जली हुने प्रष्ट पारेका थिए ।दिबंगत घिमीरेकाे जन्म २००१ सालमा भएकाे थियाे । उहाँ ७७ बर्षकाे हुनुहुन्थ्याे। उहाँकी श्रीमती, दुइ छाेरा दुइ छाेरी र नातीनातिनाहरू रहेका छन् ।
जुम शाेक सभामा पार्टीका केन्द्रिय सचिवालय सदस्य तथा धनुषा जिल्ला अध्यक्ष सत्यनारायण मुखिया, केन्द्रिय सदस्य बिपत्ती मण्डल, जिल्ला नेता सूर्यनारायणा दास, धनुषाका रामाधिन मण्डल र कालीचरण मण्डल तथा सिन्धुलीका कमरेडहरू पार्षद नबराज श्रेष्ठ र याेगिन्द्र पराजुलीहरूकाे पनि उपस्थिति रहेकाे थियाे ।