चिनीयाँ कम्युनिष्ट पार्टी(सीपीसी) र बिश्व राजनीतिक दलहरुको शिखर सममेलन भोली हुँदैछ । भिडियो लिंकद्वारा हुने यस सम्मेलनमा चिनीयाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति शी जिनपिङ्गले मूख्य सम्बोधान गर्ने कार्यक्रम रहेको छ ।
यो कार्यक्रमको घोषणा चिनीयाँ कमयुनिष्ट पार्टी केन्द्रिय समितिको अन्तराष्ट्रिय बिभागका प्रबक्ता हू झाऔमिङ्गले गरेका हुन् ।

मंगलबार हुने यो बिश्व शिखर सम्मेलनको मूख्य बिषय –‘जनताको लागि राजनीतिक दलहरुको उत्तरदायित्य’ भन्ने तय गरिएका हूले बताएका छन् ।
यस सम्मेलनमा बिश्वका १६० भन्दा बढी देशका राजनीतिक दल र संगठनहरुका ५००भन्दा बढी नेताहरु र १० हजार भन्दा बढी राजनीतिक दलका प्रतिनिधिहरु सम्मिलित हुने जनाइएको छ ।
यो महत्वपूर्ण बहुपक्षीय कूटनीतिक परिघटनाको आयोजना चिनीयाँ कम्युनिष्ट पाटीको शतबार्षिकीको महत्वपूर्ण अवसरमा आयोजना गरिदैछ ।
पार्टीका प्रबक्त हूले भनेका छन् — यस महत्वपूर्ण उदेश्य बिश्वब्यापीरुपमा सीपीस र राजनीतिक लदरुका बीच शासन प्रणालीका बिष्यमा आदान–प्रदान र पारस्परिक अनुभवबाट शिक्षा लिने र सम्वन्ध सुदृढीकरण गर्ने रहेको छ । बितेका एक शताब्दीमा आएका अदृष्य कोरोनामा महामारी जस्त चूनौतिहरुको संयुक्त किमिसले सामना गर्ने, जनतमा खुशियाली लाउने दर्शन र क्षमतामा अभिबृद्धि गर्ने, बिश्व शान्ति र बिकास र प्रगतिा निम्ति साझा मानबीय साझा भबिष्य निर्माण गर्न सहायक हुने बताइएको छ ।