काठमाडौँ — नेपालको राजनीतिक इतिहासमा कम्युनिस्ट पार्टीका संस्थापक महासचिव एवम् वामपन्थी आन्दोलनका प्रणेता पुष्पलाल श्रेष्ठ एक दूरदर्शी वैचारिक व्यक्तित्वका रूपमा स्थापित हुनुहुन्छ। राणा शासन र निरंकुशताविरुद्ध आजीवन सङ्घर्षरत रहनुभएका पुष्पलालले नेपाली माटोमा क्रान्तिकारी राजनीति र श्रमजीवी वर्गको पक्षमा बलियो वैचारिक आधार तयार पार्नुभएको थियो।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना र सङ्गठन निर्माण
२००६ साल असोज १५ गते (तदनुसार २२ सेप्टेम्बर १९४९) भारतको कलकत्तामा पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थापना भएको थियो। उहाँसँगै नरबहादुर कर्माचार्य, नारायण विलास जोशी, निरञ्जन गोविन्द वैद्य र मोतीदेवी श्रेष्ठ संस्थापक सदस्य रहनुभएको थियो। नेपालजस्तो अल्पविकसित र सामन्ती अवशेष बाँकी रहेको मुलुकमा श्रमजीवी जनता, किसान र मजदुरलाई गोलबन्द गर्दै राजनीतिक चेतना जगाउन उहाँले पार्टी स्थापना गर्नुभएको थियो।
मार्क्सवादी सिद्धान्तको नेपालीकरण र अनुवाद
पुष्पलालले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका प्रमुख ग्रन्थहरूलाई नेपाली भाषामा अनुवाद गरी नेपाली जनमानसमा माक्र्सवादी दर्शन पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्नुभयो। उहाँले कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सद्वारा रचित प्रसिद्ध दस्तावेज ‘कम्युनिस्ट घोषणापत्र’ लाई पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुभएको थियो। यसैले नेपाली राजनीतिमा मार्क्सवादी सिद्धान्त र विचारलाई सरल रूपमा बुझाउने र स्थापित गर्ने श्रेय उहाँलाई नै जान्छ।
संयुक्त जनआन्दोलन र प्रजातान्त्रिक मूल्यमान्यताको कार्यदिशा
पुष्पलालले निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध प्रजातान्त्रिक शक्तिहरू र कम्युनिस्टहरूबीच सहकार्य हुनुपर्ने धारणा अघि सार्नुभएको थियो। उहाँले 'निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य र जनतन्त्रको बहालीका लागि वामपन्थी र प्रजातान्त्रिक शक्तिबीच संयुक्त मोर्चा अपरिहार्य छ' भन्ने दूरदर्शी राजनीतिक लाइन प्रतिपादन गर्नुभयो। उहाँको यो संयुक्त आन्दोलनको कार्यदिशाले पछि २०३६ सालको जनआन्दोलन र २०४६ सालको परिवर्तनका लागि सैद्धान्तिक मार्गप्रशस्त गरेको थियो।
राष्ट्रवाद र जनपक्षीय राजनीति
पुष्पलालले नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको पक्षमा सधैँ अडिग भएर वकालत गर्नुभयो। उहाँले बाह्य हस्तक्षेपको विरोध गर्दै देशको सार्वभौमिकतालाई सर्वोपरी राख्नुभयो। व्यक्तिगत लाभ वा सत्ताको लोभभन्दा टाढा रहेर जीवनभर भूमिगत जीवन बिताउनुभएका पुष्पलालका विचार र त्यागले नेपाली कम्युनिस्ट आन्दोलनलाई सैद्धान्तिक परिपक्वता प्रदान गरेको छ।

Form lokpati..com
नेपालपत्र संवाददाता