शुक्रबार, कार्तिक २१ गते २०८३

अमेरिकी जनता संविधान हटाउने होइन संविधान बंग्याउनेलाई हटाउने मालिक हुन् : अब्राहम लिङ्कन


कार्तिक २१, २०८३ शुक्रबार
अमेरिकी जनता संविधान हटाउने होइन संविधान बंग्याउनेलाई हटाउने मालिक हुन् : अब्राहम लिङ्कन
अब्राहम लिंकनले औपचारिक शिक्षा जम्मा १८ महिनामात्र लिए। उनले कानुन व्यवसायको लाईसेन्स बिनै अभ्यास गरेका थिए ।उनी दुईपटक सिनेटको लागि निर्वाचन लडे तर हारे । पहिलोपटक राष्ट्रपतिका लागि निर्वाचनमा उम्मेदवार हुन खोज्दा पार्टीले टिकट दिएन ।
 
उनले १८३६ मै महिलालाई मताधिकार दिने ईच्छा र प्रयास गरेका थिए । तर यसको लागि १९२० सम्म कुर्नुपर्यो ।
 
उनकी आमाको निधन विषालु दूध खाएको कारण भयो।उनी नामुद जनावरप्रेमी थिए । त्यसमा पनि बिरालो भनेपछि खुब मनपर्ने । उनले कहिल्यै शिकार खेल्ने वा माछा मार्ने गरेनन् ।
 
उनले धूमपान मद्यपान केही गरेनन् । ह्वाईट हाउसमा बसेर एकपटक पनि पिएनन् । उनको रुचिको खाद्य फलफूल थियो ।लिंकन कुस्तीवाज पनि थिए, कुस्ती खेलेको डकुमेन्ट छन् । दाह्री पालेका पहिलो राष्ट्रपति पनि हुन् यिनी ।
 
लिंकनले बाईबल त पढे तर कहिल्यै चर्च जाने गरेनन् । लिंकनले माझको नाम कहिल्यै लिएनन् । अब्राहमको अनौपचारिक नामोच्चारण एबे हुन्छ । तर उनलाई एबे भन्यो भने साह्रै रिसाउँथे । लिंकन भन्ने गर्दा खुशी हुन्थे। लिंकन संविधान निर्माता १३ राज्यभन्दा बाहिरको राज्यमा जन्मेका पहिलो राष्ट्रपति थिए ।
 
अब्राहम लिंकन (१८०९–१८६५) संयुक्त राज्य अमेरिकाका १६ औँ राष्ट्रपति (१८६१–१९६५), राजनेता र कानुन व्यवसायी पनि हुन् । यिनले अमेरिकी गृहयुद्ध, संवैधानिक र राजनीतिक संकटका बेला अमेरिकालाई नेतृत्व दिएका थिए। उनले अमेरिकाको संघात्मक प्रणालीलाई सुदृढ बनाए, दासत्व उन्मूलन गरे र अर्थतन्त्रको आधुनिकीकरण गरे । यिनी केन्टुकी राज्यमा खेतको एक कोठे काठको झुपडीमा जन्मेका थिए । यिनैका पालामा अमेरिकी संविधानको तेह्रौं संशोधनद्वारा दास प्रथाको उन्मूलन भयो ।
 
१८६५ अप्रिल १४ का दिन जोहन वाइक्स् बूथ नामक गोराले उनको हत्या गर्यो र भोलीपल्ट आफू पनि मर्यो । विद्वान र सर्वसाधारण सबै अमेरिकीहरू उनलाई महान राष्ट्रपतिमध्येका एकका रुपमा मान्दछन्।
 
लिङ्कनको यो भनाई १७ सेप्टेम्बर १८५९ मा अमेरिकाको ओहायो राज्यमा पर्ने सिन्सिन्नाटीमा उनले दिएको ऐतिहासिक भाषणमा छ । यसलाई ‘द पेपर्स् एण्ड राईटिङ्स् अफ अब्राहम लिङ्कन’ को खण्ड ५ को संवैधानिक संस्करणबाट झिकिएको हो । ‘प्रोजेक्ट गुटेनबर्ग’ ले जुलाई ५, २००९ मा अनलाईन उपलब्ध गराएको थियो ।
 
यसको अझ पूर्णरुप : "The people of these United States are the rightful masters of both Congresses and courts, not to overthrow the Constitution, but to overthrow the men who pervert the Constitution."