मंगलबार, कार्तिक १८ गते २०८३

महालक्ष्मी विकास बैंक र दराजबीच सम्झाैता, २० प्रतिशतसम्म छुट पाउने


कार्तिक १८, २०८३ मंगलबार
महालक्ष्मी विकास बैंक र दराजबीच सम्झाैता, २० प्रतिशतसम्म छुट पाउने

 

महालक्ष्मी विकास बैंक र दराज नेपालले ११.११ अभियानलाई लक्षित गर्दै ग्राहकलाई विशेष छुट उपलब्ध गराउने भएका छन् । डिजिटल बैंकिङ सेवालाई विस्तार गर्ने उद्देश्यसहित दुई संस्थाबीच भएको सहकार्यअनुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गर्दा २० प्रतिशतसम्म छुट पाउनेछन् ।

बैंकका अनुसार यो योजना २०८३ कात्तिक १५ देखि २५ गतेसम्म लागू हुनेछ । योजनाअन्तर्गत डेबिट कार्डमार्फत भुक्तानी गर्ने ग्राहकले खरिद रकममा १५ प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँसम्म छुट पाउनेछन् । त्यस्तै, क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट उपलब्ध हुनेछ।

छुट प्राप्त गर्न ग्राहकले दराजबाट सम्बन्धित भौचर संकलन गर्नुपर्नेछ । योजनाअन्तर्गत छुट पहिलो आउने ग्राहकलाई प्राथमिकता दिँदै उपलब्ध गराइने बैंकले जनाएको छ।

विश्वव्यापी रूपमा मनाइने ११.११ अभियानलाई लक्षित गरी गरिएको यस सहकार्यले ग्राहकलाई अनलाइन खरिदमा सहुलियत दिनुका साथै डिजिटल भुक्तानीको प्रयोग बढाउन सहयोग पुग्ने बैंकको विश्वास छ । यसबाट ग्राहकसँग डिजिटल माध्यमबाट जोडिन, भुक्तानी प्रक्रियालाई सहज बनाउन र डिजिटल नवप्रवर्तनमार्फत ग्राहक सन्तुष्टि अभिवृद्धि गर्न सहयोग पुग्ने बैंकले जनाएको छ ।

गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ ।