मंगलबार, कार्तिक १८ गते २०८३

जय श्री राम साकोसको १६औं साधारण सभा, सम्मान,विदाई र स्वागत कार्यक्रम सम्पन्न


कार्तिक १५, २०८३ शनिबार
जय श्री राम साकोसको १६औं साधारण सभा, सम्मान,विदाई र स्वागत कार्यक्रम सम्पन्न

लालबन्दी १, नवलपुरमा रहेको  जय श्री राम बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  सभाको सभापतित्व संस्थाका अध्यक्ष राम प्रमोद महतोले गरेका थिए भने प्रमुख अतिथि संस्थाका जेष्ठ शेयर सदस्य डाक्टर गोपाल सिंह नेपाली  रहेका थिए । सभाको विशिष्ट अतिथिमा राम बहादुर पुलामी आधारभूत विद्यालयका अध्यक्ष तथा संस्थाका शेयर सदस्य  ज्ञान बहादुर पुलामी मगर थिए । 

संस्थाले सदस्यहरुको सहजताको लागि एकाइगत रुपमा तीन चरणमा साधारण सभा आयोजना गरेको थियो । साधारण सभाको अवसरमा विभिन्न विधामा सम्मान समेत गरिएको थियो । लघुवित्त कार्यक्रम अन्तर्गत उत्कृष्ट कार्य गर्ने ९ जना लघुवित्त समूहका संयोजकहरुलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो।

त्यसैगरी सोही अवसरमा संस्थामा लामो समय योगदान पुर्याउने पुराना संचालक समिति, लेखा सुपरिवेक्षण समिति लगायत विभिन्न उप समितिहरुका १४ जना पदाधिकारीहरुलाई सम्मान सहित बिदाई गरिएको थियो।  साधारण सभाबाट नव निर्वाचित ७ सदस्यीय संचालक समिति र ३ सदस्यीय लेखा समिति गरी जम्मा १० जनालाई स्वागत समेत गरिएको थियो।  

संस्थाका अध्यक्षमा राम प्रमोद महतो, उपाध्यक्षमा नैना कुमारी महतो, सचिवमा श्याम सुन्दर महतो र  कोषाध्यक्षमा पुनम कुमारी ठाकुर निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा संजय कुमार साह,सुनिता सिंह र  बिनोद कुमार महतो निर्वाचित भएका छन् । संस्थाको लेखा सुपरीवेक्षण समिति संयोजकमा संजय कुमार महतो र सदस्यहरुमा कल्पना कुमारी घलान लोप्चन र सन्तोष कुमार महतो चयन भएका छन् । निर्वाचन उप समितिका संयोजक राष्ट्रिय सहकारी बैंकका संचालक सदस्य  मन्दिरा आचार्य, निर्वाचन सदस्यमा जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीका अध्यक्ष धनेश्वर महतो रहेका थिए । संस्थाका सल्लाहकार संयोजक खुसीलाल महतोको विशेष पहल र सहजीकरणमा सर्वसम्मत नेतृत्व चयन गर्न सफल भएको संस्थाले जनाएको छ । 
 

WhatsApp Image 2026-10-31 at 19.20.09.jpeg