नबिल बैंकले 'दीगो नबिल बैंक' योजना सार्वजनिक गरेको छ । बैंकले नबिल दीगो बैंक अन्तर्गत किसान र साना तथा मझौला उद्यमीहरुको विकासका लागि यो कार्यक्रम कोसेढुङ्गा सावित हुने बैंकको विश्वास छ ।
नबिल दीगो बैंकका म्यानेजर लिला प्रसाद ओझाले यो कार्यक्रम मार्फत देशको अर्थतन्त्र सुदृढिकरण र दीगो बैंकिङलाई अगाडि बढाउन पहल गर्ने बताए ।
बैंकले नबिल दीगो बैंक अन्तर्गत दुई योजना ‘नबिल किसान कर्जा’ र ‘नबिल उद्यमी कर्जा’ रहेका छन् । यी कर्जामार्फत किसान र नयाँ उद्यमीहरुले धेरै लाभ लिन सक्ने उनको भनाई छ । नबिल किसान कर्जा र उद्यमी कर्जा कार्यक्रमका मुख्य प्राथमिकताका क्षेत्र खाद्यजन्य वस्तु, फलफूल, तरकारी, विउविजन र विभिन्न उपकरणमा सहजिकरण लिने हो ।
स्थानीय क्षेत्रमा आर्थिक गतिविधि बढाउने, वित्तीय साक्षरता बढाउने, कृषिमा उत्पादित वस्तुलाई बजारिकरण गर्ने र उद्यमीको विकास गर्नको लागि सोही क्षेत्रमा रहेका नबिल बैंकका शाखाहरु मार्फत यी कार्यक्रमहरुको बैंकले लागु गर्ने भएको छ ।
उद्यम कर्जाले अन्तर्गत हाल कायम रहेका नयाँ उद्यमलाई विशेष प्राथमिकतामा राखेर नयाँ साना तथा मझौला र ठूला उद्यमीहरुको विकासका लागि सघाउ पुग्ने विश्वास बैंकको छ ।