शनिबार, आश्विन १७ गते २०८३

मिङमा शेर्पाकाे “आइ एम अ शेर्पा अफ माउन्ट एभरेष्ट“ पुस्तक लोकार्पण


भाद्र २८, २०८३ आइतबार
मिङमा शेर्पाकाे “आइ एम अ शेर्पा अफ माउन्ट एभरेष्ट“ पुस्तक लोकार्पण

काठमाडौं । प्रसिद्ध पर्यटन व्यवसायी तथा समाजसेवी मिङ्मा दोर्जी शेर्पाको आत्मकथा “सगरमाथाको शेर्पा म“ को अंग्रेजी संस्करण “आइ एम अ शेर्पा अफ माउन्ट एभरेष्ट“ शनिबार काठमाडौंको लैनचौर स्थित द मल्ल होटेलमा आयोजित एक भव्य कार्यक्रममा लोकार्पण भएको छ । 

कार्यक्रमको सुरुवात राष्ट्रिय गान र भदौ १० गतेको रसुवा भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली स्वरूप एक मिनेट मौन धारणबाट भएको थियो । लेखकका नाति, नौ वर्षीय नोर्वु छिरिङ शेर्पाले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख अतिथि डा. सुरेन्द्र केसी लगायतका अतिथिहरूले दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए ।

पुस्तक अनुवादक तथा सिक्किमका साहित्यकार डा. मनोरथ दाहाललाई कार्यक्रममा विशेष सम्मान गरिएको थियो । उनले पुस्तक अनुवाद गर्दाको आफ्‌नो अनुभव सुनाउँदै शेर्पा समुदायको जीवन र संस्कृतिलाई विश्वसामु पुर्‍याउन पाउँदाको गौरव व्यक्त गरे । कार्यक्रममा “सगरमाथाको शेर्पा म“ को अडियोबुक संस्करणको अंश पनि सार्वजनिक गरियो, जसले व्यस्त पाठकवर्गसम्म पुस्तक पुर्‍याउने अपेक्षा गरिएको छ ।

Minma2.jpg
पुस्तक बिक्रीबाट प्राप्त हुने रकम लायन्स क्लब अफ फिनिक्स काठमाडौंलाई हस्तान्तरण गरिने आयोजकले जानकारी दिएका छन् ।  

कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक डा. सुरेन्द्र केसी, जेन कवि एंव जरा फाउन्डेसन नेपालका अध्यक्ष कृष्ण प्रसाईँ, देवेन्द्र केसी (त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका पूर्व महाप्रवन्धक, कवि, गीतकार अन्तराष्ट्रिय नेपाली साहित्य समाजका गण्डकी समितिका अध्यक्ष, जरा फाउन्डेसनका सल्लाहाकार,नारायण मैनाली परराष्ट्रविद, डा. मनोहर दाहाल (साहित्यकार, अनुवादक एवं लामो समयदेखि प्राध्यापन पेशामा आबद्ध, झारखण्ड सरकारको शिक्षा विभागमा उपनिर्देशकका रुपमा कार्यरत,गंगा सन्त्याल प्रतिनिधि सभा (सांसद),दिपशिखा शर्मा (पूर्व अध्यक्ष लायन्स क्लव अफ फिनिक्स काठमाडौँ)को समापन लेखक मिङ्मा दोर्जी शेर्पाको लेखकीय मन्तव्यबाट भएको थियो, जसमा उनले सन् १९५७ मा नाम्चेमा जन्मेदेखि आजसम्मको आफ्‌नो संघर्षपूर्ण यात्रा र यस पुस्तकले शेर्पा समुदायको संस्कृति र गौरवलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने विश्वास व्यक्त गरे ।

मिङ्गमा  शेर्पाकाे उक्त कार्यक्रमको श्रुती मधुर र प्रभावकारी  सञ्चालन उदीयमान साहित्यकार सिर्जना शर्माले गरेकी थिइन !