काठमाण्डाै । रसुवा-भाेटेकाेशी महाविनाशकारी बाढीबाट आफ्ना कर्मचारी गुमाउनुका साथै क्रसर प्लान्ट, ब्याचिङ प्लान्ट, एक्साभेटर, टिपर तथा निर्माण सामग्रीमा ठूलो क्षति व्यहोरेको तुंदी कन्स्ट्रक्सन प्रा.लि.ले विपद् प्रभावित समुदायको सहयोगमा निकै ठूलाे र सराहनीय सक्रियता देखाएको छ।
कठिन परिस्थितिका बाबजुद कम्पनीले प्रभावित क्षेत्रको उद्धार, अवरुद्ध सडक खुलाउने तथा पुनःस्थापना कार्यमा निरन्तर सहयोग गरिरहेको जनाएको छ। यही सामाजिक उत्तरदायित्वलाई गम्भिर मनन र आत्मसात् गर्दै तुंदी कन्स्ट्रक्सनले प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार कोषमा रु. १ करोड ५२ लाख सहयोग गरेको जनाएकाे छ।
कम्पनीका संस्थापक अध्यक्ष ऋषि प्रसाद सुवेदीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्। आफ्नै स्रोतसाधन र जनशक्तिमा गम्भीर क्षति पुगे पनि राष्ट्र र समुदायप्रतिको आफ्नाे उदात्त दायित्वलाई प्राथमिकतामा राख्दै तुंदी कन्स्ट्रक्सनले देखाएको यो सहयोगी भावना सार्थक र सराहनीय छ।