केरूङ्ग ।भीषण बाढी र पहिरोले बगाएर नामोनिसान मेटाएको नेपाल-चीन जोड्ने मुख्य केरुङ राजमार्ग (G216) लाई चीनले मात्र ७ दिनभित्रै पुनः सञ्चालनमा ल्याएर संसारलाई अवाक पारेको छ। विकट हिमाली भूगोल, प्रतिकूल मौसम र पहिरोको निरन्तर जोखिमका बाबजुद चिनियाँ इन्जिनियरिङ टोलीले अत्याधुनिक उपकरणसहित रातारात युद्धस्तरमा काम गरी यो असम्भव कार्यलाई सम्भव बनाएका हुन्।
यो अभूतपूर्व रफ्तारले ५०० भन्दा बढी सम्पर्कविहीन नागरिकहरूको खोजी र उद्धार कार्यलाई तीव्र बनाएको छ। संकटको बेला चीनले देखाएको यो प्रविधि, गति र दृढ इच्छाशक्ति साँच्चै उदाहरणीय र प्रशंसायोग्य छ।
वीर इन्जिनियर र उद्धार टोलीलाई सलाम!
साभार - भिमबहादुर मुसाङ मुहारपुस्तिका
नेपालपत्र संवाददाता