काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको प्रलयकारी बाढीबाट मृत्यु भएका मानिसहरुको संख्या आजसम्म ७३४ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लाे जानकारी अनुसार बाढीको बहावसँगै शवहरू तल्लो तटीय जिल्लाहरूसम्म पुगेको जनाइएको छ ।
नदी तटीय इलाकाहरूमा फेला परेका शवहरुको बिवरण यसप्रकार छः
चितवन : २५९ जना
नवलपरासी पूर्व : १८४ जना
नवलपरासी पश्चिम : ८२ जना
गोरखा : ५२ जना
धादिङ : ५० जना
तनहुँ : ३६ जना
रसुवा : १३ जना
अहिलेसम्म २,४९८ जना सम्पर्कविहीन रहेकाे र ती मध्ये ९३३ जलविद्युत् आयोजनाका कामदारहरु रहेको जनाइएको छ । यसरी बेपत्ता हुन पुगेकाहरूमा विभिन्न सुरक्षा निकायका ८५ जना (सेना ४५, प्रहरी २७, सशस्त्र १३० समेत) रहेका छन्।
सम्पर्कविहीन हुनेहरुमा ५८९ विदेशी नागरिक र उनीहरूसँगै गएका १२७ नेपाली तथा पर्यटन सहयोगीहरू समेत रहेको बताइएको छ । रसुवाबाट ५६२ र नुवाकोटबाट ११५ जना बेपत्ता भएको स्थानीय प्रशासनले समेत पुष्टि गरेको छ।
नेपालपत्र संवाददाता