बुधबार, भाद्र ३ गते २०८३

शान्ति सम्झौता भंग गर्ने कुनै बहानाको खोजी नहोस्


आषाढ १८, २०८३ बिहीबार
शान्ति सम्झौता भंग गर्ने कुनै बहानाको खोजी नहोस्
 
अमेरिका र ईरानका बीच शान्ति सम्झौता भएको १० दिन मै दुबैका बीच पुनः सैनिक झडप हुन शुरु भएको छ । यो पश्चिम एशियाका साथसाथै बिश्वकै लागि पनि कुनै राम्रो खबर होइन र हुनसक्तैन । अमेरिका र ईरान बीच किन यो नयाँ सैन्य टकराव शुरु भएको मानिदैछ भने सम्झौता पछि ओमनको किनारमा सिंगापुरको ध्वजा बाहक एउटा मालबाहक जहाजलाई निशाना बनाइदा यो स्थिति उत्पन्न भएको हो ।
 
यद्यपि त्यो मालबाहक जहाजमाथि भएको सैन्य हमलामा त्यस्तो कुनै ठूलो नोक्सानी भएको थिएन । तर यस जहाजमाथिको हमलाको आरोप ईरानामथि लगाइएको छ र हर्मुज जलडमरुबाट हुने  सामुद्रिक  जाहजहरुको निकासीको काम पुनः रोकिन गएको छ  । अनुमान गरिएको छ कि हर्मुजमा यतिबेला पाँचसयभन्दा बढी मालबाहक जाहजहरु फसेका छन् ।
 
यो ईरानको तर्फबाट भएको भनिएको सिंगापुरको ध्वजाबाहक जहाजमाथिको हमलाको परिणाम के भएको छ भने यसले फेरि तेलको मूल्य बढेको छ । यद्यपि त्यो पहिलाको तुलनामा मामोली मूल्य बृद्धि मानिएको छ । भनिन्छ इरानको चेतावनीलाई बेवास्ता गरेको हुनाले त्यो जहाजमाथि हमला हुन पुगेको बताइएको छ ।
 
हुन त अमेरिका र ईरानका बीच भएको पछिल्लो सम्झौतामा ६० दिनसम्म हर्मूजबाट कुनै पनि जहाँजलाई बिना शुल्क निस्कन दिइने प्रावधान रहेको बताइएको छ । तर ईरानी पक्ष यसमा कुन कुरामा अडिएको थियो भने त्यो हर्मूज जल डमरुबाट जुनसुकै जहाँ निस्कदा पनि ईरानको अनुमति लिएर निस्कुन् । वास्तवमा ईरान कुन कोशिशमा रहेको देखिन्छ भने हर्मुजमाथि उसको आधिपत्य स्वीकार गरियोस् । यद्यपि अरुले यसलाई ईरानको मनोमानीकोरुपमा हेरिरहेको देखिएको छ।
 
तिनले के भनिरहेका छन् भने हर्मुज जस्तो सबै त्यस्ता ब्यापारी सामुद्रिक मार्गहरु स्वतन्त्र नौबहनका लागि खुल्लै रहेका छन् । एउटा  अन्तर्राष्ट्रिय सन्धिका अनुसार पनि कुनै देशले पनि आफ्नो तटबर्ती सामुद्रिक मार्गबाट कुनै किसिमको असुली या कर लिने अधिकार छैन । ईरानले यो अधिकार लिन खोजिरहेको बताइन्छ ।
 
तर अरु अरु यो अधिकार ईरानलाई दिन मिल्दैन । त्यसैले हर्मुजमाथि उसको यो दाबी दबाब सीवाय अरु केही होइन । यो एउटा यस्तो मामिला हो त्यसमा ईरानले कतैबाट पनि समर्थन नपाउने अरुअरुको दाबी छ ।उनीहरु के भनिरहेका छन् भने यो सत्य हो कि अमेरिका र इज्रायलले ईरानालाई अनावश्यकरुमा हमलाको निशाना बनाए र पश्चिमा एशियाको शान्तिलाई खतराको खाडलमा धकेल्नुकासाथै बिश्व अर्थ ब्यबस्थाका लागि संकटपूर्ण स्थिति सिर्जना गरे । त्यसको उपचार हर्मुज ईरानको मात्र नियन्त्रणमा राख्नु होइन । यसले ईरानको साखलाई नै गिराउने उसका शुभचिन्तकहरुले समेत भनिरहेका छन् ।
 
पछिल्लो समय अमेरिकाले ईरानलाई यसै कुराको अत्तो थापेर ईरानका ठेगानाहरुमा अमेरिकाले बम बर्षाएको छ । त्यसलको बदलामा ईरानले पनि खाडी देशमा रहेका अमेरिकी सैनिक अखडाहरुमाथि निशाना बनाउन कुनै बिलम्ब गरेन । अमेरिका र ईरानका बीच यस पछिल्लो ताजा सैनिक झडपले के सन्देह उत्पन्न भएको छ भने दुइ देशका बीच जुन शान्ति सम्झौता भएको थियो त्यो अब टिक्ला कि भंग होला ? यसमा दुबै देशले सुझबुझ पु¥याएनन् भने त्यसबाट उत्पन्न हुने दुष्परिणाम अमेरिका र ईरानका लागि मात्र भयावह साबित नभएर सारा बिश्वलाई नै पिरोल्ने निश्चित छ । त्यसैले शान्ति सम्झौताको सही किसिमले पालना गर्नुको बिनाश बाहेक अरु कुनै बिकल्प छैन । सावधान !