बुधबार, भाद्र ३ गते २०८३

चिनीयाँ कम्युनिष्ट पार्टी स्थापना दिवसमा नेपाल कम्युनिष्ट पार्टीकाे शुभकामना !


आषाढ १७, २०८३ बुधबार
चिनीयाँ कम्युनिष्ट पार्टी स्थापना दिवसमा नेपाल कम्युनिष्ट पार्टीकाे शुभकामना !

नेपाल कम्युनिष्ट पार्टीले चिनीया कम्युनिष्ट पार्टी स्थापना भएकाे १०५औँ  बार्पिकाेत्सबकाे उपलक्षमा चिनीया कम्युनिष्ट पार्टीले क्रान्तिकारी असल परम्परा र कम्युनिष्ट मूल्य मान्यता अक्षुण्ण राख्दै उत्तराेत्तर प्रगति गराेस् भन्ने शुभ शुभकामना बक्तब्य प्रकाशित गरेकाे छ । बक्तब्यकाे पूर्ण पाठ यस प्रकार छ :

        चिनीया कम्युनिष्ट पार्टी (सीपीसी) स्थापना भएको १०५औँ वार्षिकोत्सवको महत्वपूर्ण उपलक्षमा नेपाल कम्युनिष्ट पार्टी चीनका महान नेता बिश्वका श्रमजीवी जनताका पथ प्रदर्शकहरु मध्येका एक अध्यक्ष माओ, उहाँको नेतृत्वमा नयाँ जनबादी क्रान्ति सफल तुल्याउने गौरबशाली चिनीयाँ कम्युनिष्ट पार्टी तथा महान क्रान्तिकारी चिनीया जनताको उच्च सम्मानकासाथ स्मरण गर्दछ र आफ्नो स्थापना कालदेखिको बैज्ञानिक समाजबादको धेयमा दृढ रहँदै र अग्रसर हुँदै उत्तरोत्तर प्रगतिको बाटो पहिल्याउन र एक पछि अर्को सफलता हासिल गर्न चिनीयाँ कम्युनिष्ट पार्टी सफल होेस् भन्ने हार्दिक शुभ कामना ब्यक्त गर्दछ  । 

ccp105.jpeg
         घोर विदेशी अपमान, अत्यन्तै अत्याशलाग्दो गरिबी र राष्ट्रिय स्वाधीनता बचाउन असफल भएका एक पछि अर्को प्रयासहरू भोगिरहेको कमजोर राष्ट्रको नाजुक पृष्ठभूमिमा चीनमा १९२१ जुलाई १ का दिन चिनीया जनता र राष्ट्रको मुक्ति, राष्ट्रिय स्वाधीनता र चौतर्फी  सम्बृद्धिको महान धेयकासाथ चिनियाँ जनताको सम्पन्न, सुखद र सुनिश्चित भबिष्यको निम्ति चिनीयाँ कम्युनिष्ट पार्टी स्थापना भएको यो दिन  अत्यन्तै गौरबशाली,ऐतिहासिक र अबिस्मरणीय छ ।       यसले चीनका सबै जाती समुदायका चिनियाँ जनतालाई एकीकृत तुल्याउँदै  राष्ट्रिय स्वतन्त्रता र जनताको मुक्ति हासिल गर्न निरन्तर नेतृत्व गर्दै सन् १९४९ मा नयाँ जनबादी क्रान्ति सम्पन्न गर्न सफल भएको हो ।
 बिश्वमा महान अक्टोेबर क्रान्तिपछि बिश्वलाई नै अभूतपूर्ब प्रभाव पार्ने गौरबशाली क्रान्तिकारी इतिहास बोकेको चिनीयाँ कम्युनिष्ट पार्टीले आफ्नो त्यो सामन्तबाद तथा साम्राज्यबाद बिरोधी उच्च क्रान्तिकारी परम्परा र कुनै पनि देशको सार्वभौमिक अखण्डता र स्वाधीनामाथि दख्खल हस्तक्षेप नगर्ने राष्ट्र–राष्ट्र बिचको सम्वन्धको  महत्वपूर्ण मान्यताई अक्षुण्ण राख्दै अनि सर्बहारा अन्तर्राष्ट्रबादलाई उच्च उठाउदै र अझ अगाडि बढाउँदै बेगबानरुपमा बैज्ञानिक समाजबाद निर्माणको दिशामा सबै किसिमले चीन अझ अघि बढ्न सकोस् र बढ्दो असमानता र भ्रष्टाचार उत्पन्न हुने स्थितिको अन्त्य गर्न सकोस् भन्ने शुभेच्छाकासाथ नेपाल कम्युनिष्ट पार्टी नेपाल चीन जन–मैत्री अझ सुदृढ र अमर रहोस् भन्ने दृढ भावना पनि यस अबसरमा ब्यक्त गर्दछ ।