बुधबार, भाद्र ३ गते २०८३

आईएमई लाइफलाई आईक्यानको बीपीए ब्रन्ज अवार्ड


आषाढ १७, २०८३ बुधबार
आईएमई लाइफलाई आईक्यानको बीपीए ब्रन्ज अवार्ड

 

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)को नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपाेर्ट अवार्ड २०२५ अन्तर्गत ब्रन्ज अवार्ड प्राप्त गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्का र प्रमुख वित्तीय अधिकृत जगत बोहराले काठमाडौंको होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा संयुक्त रूपमा उक्त अवार्ड ग्रहण गरेका हुन्।

आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, लेखा मापदण्डको प्रभावकारी पालना तथा संस्थागत सुशासनप्रतिको प्रतिबद्धताको आधारमा कम्पनीलाई सम्मान गरिएको हो।

अवार्ड प्राप्तपछि प्रमुख कार्यकारी अधिकृत खड्काले यो सम्मान सम्पूर्ण आईएमई लाइफ परिवारका लागि गर्वको विषय भएको बताए। उनले यसले वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादनलाई अझ सुदृढ बनाउन प्रेरणा मिलेको उल्लेख गरे। साथै, कम्पनीका सञ्चालक समिति, बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय र सरोकारवालाप्रति आभार व्यक्त गरे।

कम्पनीले यसै वर्ष वित्तीय स्थायित्व र दायित्व पूरा गर्ने क्षमताका आधारमा केयर रेटिङ नेपालबाट ए माइनस क्रेडिट रेटिङ पनि प्राप्त गरेको जनाएको छ। आईएमई लाइफका हाल देशभर १६० शाखा तथा उपशाखा र ३५ हजारभन्दा बढी सक्रिय अभिकर्ता रहेका छन्।