बुधबार, भाद्र ३ गते २०८३

धूमपान गर्ने पतिले पत्नीलाई समेत फोक्सोको क्यान्सर र मुटु रोग बढाइरहेका छन्- ताकेशी हिरायामा


जेठ १७, २०८३ आइतबार
धूमपान गर्ने पतिले पत्नीलाई समेत फोक्सोको क्यान्सर र मुटु रोग बढाइरहेका छन्- ताकेशी हिरायामा
सन्दर्भ : आज विश्व धूमपानरहित दिवस, ३१ मई
धूमपान गर्ने लोग्नेले धूमपान नगर्ने पत्नीलाई चुरोटको धुँवा सुँघाएरै महिलाहरूमा समेत फोक्सोको क्यान्सर र मुटुको रोग सल्काईदिईरहेका छन्.......🚭️ : ताकेशी हिरायामा

ताकेशी हिरायामा (१९२३–१९९५) क्यान्सर महामारी विज्ञ र सूर्तीसेवनविरोधी अभियन्ता हुन्, जसले धूमपान गर्नेले ओकलेको वा उडाएको धुवाँले आफ्नै निकटतम मानिसलाई फोक्सोको क्यान्सर गराउँछन् भन्ने वैज्ञानिक वास्तविकता २ लाख ६५ हजार वटा मामिलाको अनुसन्धानपछि निष्कर्षको रुपमा पहिलोपल्ट सार्वजनिक गरेका थिए ।
आज विश्वमा हरेक वर्ष ८० लाख धुमपनका अम्मली र १३ लाख निर्दोष मानिस अम्मलीले उडाएको धुँवा सुँघ्न बाध्य भएर ज्यान गुमाईरहेको तथ्यांक पाइएको छ ।
उनको उक्त अनुसन्धानलाई विश्वस्वास्थ्य संगठन (WHO) ले पनि पहिलो सत्योत्घाटन मानेको छ । चीनको मन्चुरिया मेडिकल कलेजकमा सर्जरीका प्रोफ्रेसरको छोरा भएकोले पनि उनलाई मेडिकल लाईनकै शिक्षा लिन प्रेरित गर्यो, र क्योटो युनिभर्सिटी र जोहन हप्किन्स् युनिभर्सिटीबाट उनले मेडिकल डिग्रीहरू हासिल गरे ।
१९८१ मा उनको उक्त अनुसन्धान सार्वजनिक भएपछि सूर्ती तथा चुरोट उत्पादकहरूको सर्कलमा यति ब्यापक खैलाबैला मच्चियो कि अमेरिकी र अस्ट्रेलियाई सूर्ती तथा चुरोट उद्यमीहरूले आफ्ना अतिशयोक्तिका विज्ञापनमा कैयौँ गुणा लगानी बढाए भनी WHO को सन् २००० मा प्रकाशित एक बुलेटिनमा उल्लेखित छ ('Hirayama’s work has stood the test of time' : Elisa Ong & Stanton A. Glantz, WHO 2000) ।
हिरायामाले टोक्योको नेशनल क्यान्सर सेन्टरमा दुई दशक (१९६५–८५) सेवा गरे । पश्चिमा मुलुकहरूमा सार्वजनिक स्थलमा धूमपान वा सो सरहका सेवनमा प्रतिबन्ध लगाउन असाधारण जनदबाब पैदा भयो ।
उनले क्यान्सर र केही खानपिन आदतका बीचको सम्बन्धबारे पनि अध्ययन गरे । हरिया र पहेँला सब्जीको उच्च उपभोगबाट क्यान्सरका खतरा न्युन गर्न सकिन्छ र मासु, अण्डा, बटर, चीजको बढी उपभोगले स्तन क्यान्सरको खतरा बढ्छ भन्नेमा पनि उनको गहकिलो अनुन्धान र योगदान रह्यो ।