सरकारले कर्मचारीको पारिश्रमिकमा उल्लेख्य वृद्धि गरेको छ । संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/ ८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रसेवक कर्मचारीको पारिश्रमिकमा शुरु स्केलमा १० प्रतिशतले वृद्धि गरेकाे जनाए।
त्यसैगरी कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणाली शुरू गर्न नयाँ तलबमानकाे १० प्रतिशत मासिक प्रोत्साहन भत्ता दिइने भएको छ। यस अघि प्रदान गरिँदै आएकाे महँगी भत्ता कायमै राखिने भएको छ । समग्रमा पारिश्रमिक २१ प्रतिशतले वृद्धि भइ न्यूनतम ४० हजार देखि १ लाख माथिसम्म पुग्ने भएको छ ।
पछिल्लो ४ वर्षमा तलब बृद्धि भएको थिएन । वृद्धि भएको पारिश्रमिक आगामी साउन १ गतेदेखि लागु हुनेछ ।
नेपालपत्र संवाददाता