अमेरिकी साम्राज्यबादले क्यूवामाथि बितेको ६ दशकभन्दा बढी समयदेखि बिश्व राषट्र समुदायको बिरोध हुँदाहुँदै पनि घोर अमानबीय, अनैतिक र अन्यायपूर्ण नाकाबन्दी लगाउदै नराम्रोसँग बिश्व मानबताकै खिल्ली उडाइरहेको छ । तर पनि उसले यी सबै क्रूर र अत्यन्तै अमानबीय कदमहरूलाई कथित प्रजातन्त्र र मानबताका लागि भनेर डिंग हाक्न भने छोडेको छैन । १ करोड ११ लाख जनसंख्या भएको क्यूवाले अमेरिकी साम्राज्यबादको दादागिरीको बिरोध गरेको र बिकासको अमेरिकी बाटो नलिएको कारणले क्यूवामाथि यस्तो अत्याचार गरिरहेको छ ।
क्यूबा यतिबेला राष्ट्रिय स्तरमा विनाशकारी बिजुली कटौतीको समस्यासँग जुधिरहेको अँध्याराेमा बस्नु परिरहेको छ, परिबहन र यातायात बन्द छ, बिरामीकाे उपचार गर्न पनि ठूलाे कठिनााइ परिरहेकाो छ । किनभने संयुक्त राज्य अमेरिकाले क्यूवामा निर्यात हुने तेलमाथि प्रभावकारी नाकाबन्दी र घेराबन्दीले क्यूवामाथि इन्धन आपूर्ति बन्द भएको छ। तर यो संकटले क्यारिबियन राष्ट्रमा चुपचाप प्रगतिमा रहेको चीन-समर्थित सफा ऊर्जा क्रान्ति अर्थात सोलार प्यानल प्रबिधिलाई पनि तीब्र गतिमा अघि बढाएको बताइएको छ ।
एम्बर ऊर्जा थिंक ट्याङ्कको डाटाका अनुसार, चीनको सहयोगमा क्यूबाले हाल विश्वमा सबैभन्दा छिटो सौर्य क्रान्ति मध्ये एक सञ्चालन गरिरहेको छ । बीतेको वर्ष र चालु बर्षमा पनि क्यूवामा चिनियाँ सौर्य प्यानल र ब्याट्रीहरूको आयात बढेको छ र चिनियाँ लगानीको साथ, क्यूबाले दर्जनौं सौर्य पार्कहरू निर्माण गरेको बताइन्छ।
क्यूवा अझै पनि गम्भीररूपमा जीवाश्म ईन्धनमा निर्भर छ, तर केही विज्ञहरू विश्वास गर्छन् कि तीव्र अमेरिकी दबाब — टापुमा “नियन्त्रण” गर्ने धम्कीका बीच — क्यूवालाई स्वच्छ ऊर्जातर्फको बाटोमा अझ तीब्र तुल्याउन सक्छ। प्रष्टै छ कि अधिक नवीकरणीय उर्जा भनेको इन्धन आयातमा कम निर्भरता हो, जसले “यो दबाबको औजार हटाउन” सहयोग पुर्याउँछ भनेर ट्रान्जिशन सेक्युरिटी प्रोजेक्टका अर्थशास्त्री केभिन क्यासम्यान, (अमेरिकी-ब्रिटेन अनुसन्धान संगठन)ले भनेको छ।
अरुहरूले के पनि चेतावनी दिएका छन् भने क्यूबाको ऊर्जा स्थिति कमजोर मात्रै छैन, यसको ग्रिड पनि निकै पुरानो र बिग्रेको छ र जसले गर्दा यसको आर्थिक स्थिति यति गम्भीर बन्न पुगेका छ कि नवीकरणीय ऊर्जा अहिलेको लागि केवल सानो हिस्सा मात्र हुन सक्छ। यसैबीच, लामो समयसम्मको र विघटनकारी बिजुली अवरोधहरू जारी छन् र अधिकांश सामान्य क्युबालीहरूले अझै पनि सौर्य वृद्धि वा फाइदा अनुभव गर्न पाएका छैनन्।
तर पछिल्लो समय चीनले बिना शर्त संकट कालीन मुद्रा ८० मिलियन डलर,खाद्यान्नको ठ्लो प्याकेज र थप सूर्य उर्जा प्यानेलहरूको अतिरिक्त सहयोग गरेर क्यूवालाई संकटबाट उतार्न र स्वनिर्भरताको बटोमा अग्रसर गराउन निस्वार्थ मद्दत गरेर मानबता के हो भन्ने दर्शाइरहेको छ । यो क्यूवाको स्वाधीनताको रक्षा, समुन्नतिको प्रारम्भिक सहयोग र मित्रताको अनुपम चिनीया उपहार बनेको छ ।