बुधबार, भाद्र ३ गते २०८३

का का हाे ची मिन्हप्रति हार्दिक तथा उच्च सम्मान


जेठ ५, २०८३ मंगलबार
का का हाे ची मिन्हप्रति हार्दिक तथा उच्च  सम्मान
तिम्रो नाम मेरो नाम भियतनाम भियतनाम !
महान मार्क्सबादी योध्दा काका हो चि मिन्ह !
 
आज १९ मे कै दिन १८९० मा महान भियतनामी मार्क्सबादी नेता कमरेड हाे ची मिन्ह जन्मेका थिए । उनलाई उच्च सम्मानका साथ सलाम ! उनकाे नेतृत्वमा साम्राज्यबाद बिराेधी भीषण संघर्षमा सफलता पाएका बीर भियतनमी जनतालाई बधाई !!
 
जतिबेला भियतनाम बिश्व साम्राज्यवादी शक्ति अमेरिकाका बिरुद्ध भिषण राष्ट्रिय मुक्ति आन्दोलनमा सम्पूर्ण शक्तिकासाथ लडिरहेको थियो त्यसबेला एशिया, अफ्रिका र ल्याटिन अमेरिकाका अतिरिक्त यूरोप र अमेरिकामा समेत भियतनामी जनता र उनीहरुको न्यायपूर्ण युद्धको पक्षमा काका हो चि मिन्हको समर्थनमा सारा बिश्वमा यो नारा लागेको थिया - ‘तिम्रो नाम, मेरो नाम भियतनाम भियतनाम’ ।
 
त्यो जनता र राष्ट्रको मुक्तिका निमित्त अथक रुपमा लड्ने र नेतृत्व गर्ने महान मार्क्सवादी नेता थिए कका हो चिमिन्ह । देश र जनताप्रति खाशगरी सर्बहारा श्रमजीबी बर्गको मुक्ति र समुन्नतिका निमित्त अत्यन्तै उच्च निष्ठा,आदर्श, त्याग र नैतिकताकासाथ समर्पित एक अतुलनीय भियतनामी नेता थिए उनी । उनकै नेतृत्वमा भएको भिषण संघर्षमा भियतनाममाथि नापाम बम बर्षा गर्ने शक्तिशाली अमेरिका भियतनामबाट भाग्नु परेको थियो । ती भियतनामी जनताका नेतालाई सबैले श्रद्धापूर्वक ‘काका हो’ भनेर प्यारो सम्वोधन गर्ने गर्थे ।
 
हो चिमिन्हको १३६औं जन्म जयन्तिकाे पावन अवसरमा ’सादा जीवन र उच्च बिचारका अप्रतिम प्रतिमूर्ति’ काका होप्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धा सुमन ! अमर छन् काका हो ! महान नेता तथा सादा जीवन र उच्च बिचारका एक जीबन्त प्रतिमूर्ति काका हो चिमिन्हबाट सिकौं ! देश र जनता तथा स्वाधीनता र स्वतन्त्रताका लागि अबिचलितरुपमा अग्रसर होऔं !