नेपाल लाइफ इन्स्योरेन्स ले ५० हजार कित्ता शेयर लिलामीमार्फत बिक्री खुला गरेको छ । कम्पनीले वैशाख १० गतेदेखि संस्थापक समूहको शेयर बिक्री प्रक्रिया सुरु गरेको हो । उक्त शेयरमा व्यक्ति तथा संस्थागत लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४०१ रुपैयाँ निर्धारण गरिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य कबोल गरी आवेदन दिनुपर्नेछ । न्यूनतम २ हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । इच्छुक लगानीकर्ताले वैशाख २४ गतेसम्म काठमाडौंको कमलपोखरीस्थित गरिमा क्यापिटलमा बोलपत्र पेश गर्न सक्ने जनाइएकाे छ।
नेपालपत्र संवाददाता