शुक्रबार, कार्तिक ७ गते २०८३

नेपाल लाइफको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा, न्यूनतम मूल्य ४०१ रूपैया


बैशाख १०, २०८३ बिहीबार
नेपाल लाइफको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा, न्यूनतम मूल्य ४०१ रूपैया

नेपाल लाइफ इन्स्योरेन्स ले ५० हजार कित्ता शेयर लिलामीमार्फत बिक्री खुला गरेको छ । कम्पनीले वैशाख १० गतेदेखि संस्थापक समूहको शेयर बिक्री प्रक्रिया सुरु गरेको हो । उक्त शेयरमा व्यक्ति तथा संस्थागत लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४०१ रुपैयाँ निर्धारण गरिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य कबोल गरी आवेदन दिनुपर्नेछ । न्यूनतम २ हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । इच्छुक लगानीकर्ताले वैशाख २४ गतेसम्म काठमाडौंको कमलपोखरीस्थित गरिमा क्यापिटलमा बोलपत्र पेश गर्न सक्ने जनाइएकाे छ।