काठमाण्डौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्राण्डी इन्टरनेशनल हस्पिटल बीच मेडिकल सेवा सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र अस्पतालका चिफ अपरेटिङ अफिसर अमृत खन्नाले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार बीमा प्रस्तावकले मेडिकल परीक्षण सहुलियत दरमा छिटो सेवा पाउनेछन् । कम्पनीका कर्मचारीले अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट पनि पाउने व्यवस्था गरिएको छ ।
नेपालपत्र संवाददाता