शनिबार, आश्विन १७ गते २०८३

अरुणिमा साकोसले दियो ट्राफिक प्रहरीलाई ज्याकेट

आषाढ १४, २०७८ सोमबार
अरुणिमा साकोसले दियो ट्राफिक प्रहरीलाई ज्याकेट

ललितपुरको लगनखेलस्थित अरुणिमा बचत तथा ऋण सहकारीले ट्राफिक प्रहरीलाई ज्याकेट प्रदान गरेको छ । संस्थाका अध्यक्ष रामशरण घिमिरेले सातदोबाटो ट्राफिक कार्यालयमा कार्यरत प्रहरीहरुलाई ज्याकेट हस्तान्तरण गरेका हुन् ।

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरीलाई ज्याकेट प्रदान गरिएको हो । कोरोना महामारीका बेलामा पनि दिनरात राष्ट्रसेवामा खटिने प्रहरीहरुलाई सडक सुरक्षामा सहयोगी हुने उक्त ज्याकेट संस्थाले प्रदान गरेको जनाएको छ । संस्थाले समयसमयमा सदस्य र समुदायलाई लाभ हुने यस्ता गतिविधिहरु गर्दै आएको छ ।