ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) का संस्थापक अध्यक्ष शरद कसाःको सातौं वार्षिक पुण्य तिथिको सम्झनामा कसा: परिवारले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
स्वः कसाःको सम्झनामा पुतलीसडक, शंकरदेव क्याम्पस परिषरमा विहान १० बजे देखि रक्तदान कार्यक्रम भएको हो । विक्रम सम्वत २००६ साल पाैष १८ गते जन्मिएका कसाःको २०७३ साल असार ६ गते निधन भएको थियो । उनको सम्झनामा परिवारले हरेक वर्ष आजकै दिन रक्तदान गर्दै आएको छ । स्वः कसाः स्वयंसेवी रक्तदान सम्बन्धी जनचेतना फैलाई स्वयंसेवी रक्तदाता अभिवृद्धि गर्दै उपचारको लागि रगत आवश्यक पर्ने विरामीलाई स्वस्थ रगत सहजरुपमा उपलब्ध गराउने महान उद्देश्यले विसं २०४६ सालमा ब्लड डो ।
नर्स एशोसिएशन नेपाल नामक संस्था खडा गरी उक्त संस्थाको संस्थापक अध्यक्ष भएर लामो समय काम गरेका थिए। संस्थामा हाल उनकी धर्मपत्नी भारती कसाः सल्लाहकार रहेकी छिन्। उनले आफ्नो जीवनको आधाभन्दा बढी समय नेपालमा स्वयंसेवी रक्तदान अभिवृद्धि गर्ने कार्यमा बिताएका थिए। स्वयंसेवी रक्तदानको क्षेत्रमा उनको योगदान सदैव स्मरणीय रहेकाे छ ।
कार्यक्रममा ब्लोदानका केन्द्रिय पदाधिकारीहरु र ब्लोदान मध्य क्षेत्रका अध्यक्ष लगायत पदाधिकारीहरुका साथै स्वयंसेवी रक्तदाताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । रक्तदानमा पुरुष १७ स्वंयसेवी रक्तदाता त्यस्तै महिला ८ रक्तदाता समेत गरी कुल २५ रक्तदाताले रक्तदान गरेका थिए ।