Monday, 17 May, 2021    |    २०७८ जेष्ठ ३ गते , सोमवार

एक साता लम्ब्याइयो निषेधाज्ञा, बिना काम हिँडे पक्राउ गरिने


२०७८ बैशाख २१ गते , मंगलवार प्रकाशित

uploads/media/

काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा थपिएको छ। काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको बैठक पछि २९ गतेसम्मको लागि निषेधाज्ञा गर्ने निर्णय भएको हो।कोरोना सङ्क्रमण बढेको भन्दै स्थानीय प्रशासनले वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेको थियो।

तर कोरोना सङ्क्रमण दर झनै बढेकाले थप एक साता निषेधाज्ञा थप गरिएको हो। थप गरिएको निषेधाज्ञामा पहिलेको भन्दा थप कडाई गरिने भएको छ। मानिसलाई अनावश्यक रुपमा हिंड्डुल गर्न समेत निषेध गरिएको छ। 

अब मानिस सडकमा अनावश्यक हिंडेको भेटेमा सुरक्षाकर्मीले नियन्त्रणमा लिएर कारबाही गर्ने जनाइएको छ।

त्यस्तै खाद्यान्न पसलहरु बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ।

सम्बन्धित समाचार


Leave a Comment