Monday, 17 May, 2021    |    २०७८ जेष्ठ ३ गते , सोमवार

कोभिड –१९ नियन्त्रणमा सशस्त्र प्रहरी बल नेपाल अग्र स्थानमा


२०७८ बैशाख २१ गते , मंगलवार प्रकाशित

uploads/media/

शहबाज । कृष्णनगर

कोभिड १९ को संक्रमण बढेसँंगै भारतबाट नेपाल भित्रिने नेपालीहरुको संख्या दिन प्रति दिन बढिरहेको छ । भारतबाट नेपाल आउने नेपालीहरुको स्वास्थ्य सुरक्षाका लागि सीमा क्षेत्रमा शसस्त्र प्रहरीले कोरोना नियान्त्रण तथा रोकथामका लागि स्वास्थ्य सामाग्री वितरण तथा जनचेतना कार्यक्रम गर्दैआएको छ ।

यस क्रममा हिजो सोमवार सशस्त्र प्रहरी बल नेपाल ५ नं. विन्ध्यवासिनी बाहिनीका प्रमुख डिआइजी किशोर प्रधान आफै सीमा क्षेत्रमा खटेर भारतबाट नेपाल प्रबेश गर्ने नेपालीहरुलाई पुरानो माक्स फाल्न लगाइ ,नयाँ माक्स वितरण गरेका थिए । प्रधानले सेनिटाइजर लगाउन, तापक्रम नाप्ने,घरमा कम्तिमा १० दिन अलग्गै बस्न सल्लाह दिए । प्रधानले कोभिड –१९ नियन्त्रणमा सशस्त्र प्रहरी बल नेपाल अग्र स्थानमा खटेर काम गर्न समेत निर्दैशन दिएका थिए 

 ससस्त्रले कोरोनाबाट बच्नका लागि जनस्वास्थ्यका मापदण्डहरु उल्लेखित पम्पप्लेट बाटी जनचेतना कार्यक्रम समेत गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै डिआइजी प्रधानले जिल्लामा कृष्णनगर नाका मात्र खोलिएको हुनले कोभिड १९ नियन्त्रण गर्न सजिलो हुने बताएका थिए । कार्यक्रमको अध्यक्षता गरेका कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले कोरोना नियन्त्रकमा कृष्णनगर नगरपलिका हातेमालो गर्दै अघि बढेको उल्लेख गरे । नगरपलिकाले सबै वडामा ५,५ वेडको आइसुलेसन कक्ष छिटै संचालनमा ल्याउने नगरप्रमुख शाहले जनाए ।

सीमानाकाको जिम्मा पाएका सशस्त्र प्रहरीले जनताको स्वास्थ्य सुरक्षा र कोरोना बाट बच्नको लागि भारतसंग सटेको लुम्बिनी प्रदेशको भैरहवा,कृष्णनगर तथा नेपालगञ्जको जमुनाहा नाकामा मास्क वितरण तथा जनचेतना कार्यक्रम गर्ने योजना रहेको सशस्त्र प्रहरी बल नेपाल ५ नं. विन्ध्यवासिनी बाहिनीले जनाएको छ ।

कार्यक्रममा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले युनिसेफ मार्फत सशस्त्र प्रहरी बल नेपाल ५ नं. विन्ध्यवासिनी बाहिनीलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको थियो ।



सम्बन्धित समाचार


Leave a Comment