Monday, 17 May, 2021    |    २०७८ जेष्ठ ३ गते , सोमवार

नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखाबाट ५ आइसोलेशन बेड तयार


२०७८ बैशाख २० गते , सोमवार प्रकाशित

uploads/media/

शहबाज खान । कपिलवस्तु 

 नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले आफ्नै भवनभित्र ५ बेडको आइसोलेशन सेन्टर तयार पारेको छ ।

केन्द्रिय निर्देशन बमोजिम लुम्बिनी प्रदेश समितिको पहलमा अक्सिजन, स्वास्थ्यकर्मी र औषधी सहितको आइसोलेसन सेन्टर तयार पारिएको नेपाल पत्रकार महासंघ कपिलबस्तुका अध्यक्ष किरणमान बज्राचार्यले जानकारी दिए ।

यसका लागि ताैलिहवा अस्पतालले आवश्यक स्वास्थ्य सामग्री औषधी र कपिलबस्तु नगरपालिकाले आर्थिक सहयोग गरेको उनले जानकारी दिए।

आइसोलेसनमा कोभिड संक्रमण भएका पत्रकारलाई प्राथमिकता दिइने तर खाली रहेको अवस्थामा अरु नागरिकका लागि आवश्यक भए शैय्या उपलब्ध गराइने अध्यक्ष बज्राचार्यले बताए ।



सम्बन्धित समाचार


Leave a Comment