Monday, 17 May, 2021    |    २०७८ जेष्ठ ३ गते , सोमवार

मेगाको किस्ताबन्दीमा ग्रिन बुटी ब्राण्डको म्याट्रेस किन्न सुविधा


२०७८ बैशाख २० गते , सोमवार प्रकाशित

uploads/media/


मेगा बैंक नेपालले आप्mना क्रेडिट कार्डका ग्राहकहरुलाई ग्रिन बुटी ब्राण्डका म्याट्रेस खरिद गर्न किस्ताबन्दी सुविधा ल्याएको छ । आई बोस ग्लोबल लाइफ इन्टरनेशनलसँग  भएको सम्झौता अनुसार  बैंकले किस्ताबन्दीमा म्याट्रेस खरिद गर्ने सुविधा ल्याएको हो । ग्राहकहरुले भौतिक रुपमा तथा आईबोस लाइफ डटकमबाट पनि म्याट्रेस खरिद गर्न सक्नेछन् ।

यसरी किस्ताबन्दीमा खरिद गरेबापत बैंकको ब्याज निःशुल्क गरिएको छ भने कूल मूल्यको शतप्रतिशतसम्म फाइनान्सिङको सुविधा उपलब्ध गरिएको जनाएको छ । आई बोस ग्लोबल लाइफ इन्टरनेशनल उत्कृष्ट म्याट्रेस उत्पादन गरिरहेको नेपाली कम्पनी हो । आई बोसले ग्रीन बुटी ब्राण्डका ८० हजारदेखि डेढ लाख रुपैंयासम्मका म्याट्रेस उत्पादन गरिरहेको छ ।

ग्राहकहरुलाई छ महिना तथा एक बर्ष गरी दुई वटा किस्ताबन्दीको सुविधा दिइएको मेगा बैंकले जनाएको छ । 


सम्बन्धित समाचार


Leave a Comment