Monday, 17 May, 2021    |    २०७८ जेष्ठ ३ गते , सोमवार

“महामारीका कारण कसैले जीवन गुमाउनु नपरोस् भन्नेमा सरकार संवेदनशील छ”: ओली


२०७८ बैशाख २० गते , सोमवार प्रकाशित

uploads/media/

प्रधानमन्त्री के पी शर्मा ओलीले कोभिड–१९ विरुद्धको खोप सबैलाई निःशुल्क उपलब्ध गराउने प्रक्रिया शुरु गरिसकेको बताएका छन् । आज देशवासीका नाममा सम्बाधन गर्दै उनले कोरोना विरुद्ध खोप लगाउनेमा नेपाल दक्षिण एशियामै भारतपछि पहिलो मुलुक भएको बताए । ‘हाल सम्ममा करिब २१ लाखलाई पहिलो डोज खोप लगाइ सकिएकोे र दोस्रो डोज खोप लगाउन आरम्भ गरिएको छ, अहिलेसम्म झण्डै ३ लाख ७० हजारले दोस्रो डोज खोप लगाइसकेका छन् ’ उनले भने । 

मित्रराष्ट्रहरूबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त  सरकारले आफैंले आवश्यक मात्रामा खोप खरिद प्रक्रिया शुरु गरिसकेको उनले बताए  । चीन, रुस लगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रामा खोप ल्याउन सरकार प्रयत्नशील छ उनले भने ‘कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट बञ्चित हुनु नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउनु नपरोस् भन्नेमा सरकार संवेदनशील छ ’।

 ‘नागरिकको जीवनरक्षा सरकारको पहिलो दायित्व हो भन्नेमा म पुनः जोड दिन चाहन्छु’, ओलीले थपे ‘त्यसैले महामारीको दोस्रो लहरको रोकथाम र नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालित छन् । सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक एवम् प्रभावकारी ढङ्गले कोभिड बिरुद्धको लडाईं कार्य अघि बढाउन प्रदेश केन्द्रित हुनेगरी अहिले सरकारका एकएक जना मन्त्रीलाई ‘फोकल व्यक्ति’ तोकिएको छ ।’

संक्रमणको साङ्लो चुडाउन अस्पताल वा आइसोलेशन केन्द्रको व्यवस्था गरेर मात्रै पुग्दैन, एकहदसम्म लकडाउन आवश्यक हुन्छ भन्ने विज्ञहरुको सल्लाह अनुसार केही अवधिको लागि निषेधाज्ञा जारी गरिएको भन्दै यसलाई थप कडाई एवं प्रभावकारी ढंगले लागू गर्ने उनले बताए ।

सम्बन्धित समाचार


Leave a Comment