Monday, 17 May, 2021    |    २०७८ जेष्ठ ३ गते , सोमवार

भारत बाहेक सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णय


२०७८ बैशाख २० गते , सोमवार प्रकाशित

uploads/media/


सरकारले बिहीबार मध्येरातीदेखि बैशाखभर सबै अन्तराष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार मध्येरातबाट आन्तरिक तथा बिहीबार मध्येरातीबाट अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।सरकारले अन्य देशका सबै व्यवसायीक उडानमा प्रतिबन्ध लगाएपनि नेपाल र भारतबीचको उडानलाई भने निरन्तरता दिएको छ ।

यसअघि एयर बबल अवधारणाअनुसारको सातै दिन उडान भएकोमा उक्त उडानलाई २ दिनमा झारिएको बताईएको छ।नेपाल नागरिक उडड्यन प्राधिकरणले बिहीबारदेखि भारत बाहेकका देशमा एक साता अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय भएको जनाएको छ ।प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बैशाख २३ (६ मे) बाट बैशाख ३१ (१४ मे )सम्म सबै गन्तव्यमा हुने अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय भएको बताए।


सम्बन्धित समाचार


Leave a Comment