Monday, 17 May, 2021    |    २०७८ जेष्ठ ३ गते , सोमवार

बंगालको चुनावमा ममताको बिशाल बिजय


२०७८ बैशाख २० गते , सोमवार प्रकाशित

uploads/media/


बंगालको प्रान्तीय निर्वाचनमा बिजेपीले जतिसुकै ठूलो महाअभियान चलाएर आफ्नो सत्ताको शक्ति लगाएको भए पनि ममता बनर्जीको त्रिणमुल पार्टीले महा बिजय हासिल गरेको छ । बंगाल बिधान सभाको २९४ सिटमध्ये निर्बाचन भएको २९२ सीटमा ममताको पार्टीले २१३ सीट हालिस गरेर बंंगालको सत्तामा आफुलाई प्रचण्ड बिजयकासाथ कायम राखेको छ । मोदीको बिजेपीले ७७ सीट ल्याएको छ । काग्रेसले १ र अन्यले १ मात्र सीट ल्याएको छ । तीन दशकभन्दा बढी समय बंगालमा शासन चलाएको बामफ्रण्टले यो चुनावमा खातासम्म खोल्न सकेन । उसले केरलमा भने सम्मानजनक सफलता पाएको पुनः प्रान्तीय सत्तामा छाएकाे छ  । 

ममता बनर्जीलेको शानदार बिजयको पछाडि स्वयं ममता, मोदी, मुसलमान र महिलाको महत्वपूर्ण भूमिका रहेको बिश्लेषण गरिदैछ । यत्रो भारी बहुमतले ममतको पार्टी बिजयी बन्नुको पछाडि उनको विकल्पमा बीजेपीसंग यस्तै बंगाली नेता नहुनु; मुस्लिम मतदाताहरु बीजेपीको बिरुध्द हुनु; ममताको १० बर्षे मुख्यमन्त्री कालमा पश्चिम बंगालमा महिलाहरुका लागि राती १२.०० बजे पनि एक्लै सडकमा निस्कन सक्ने महिला सुरक्षाको वातावरण हुनु; कृषि कानून बिरुध्द आन्दोलनरत किसान नेताहरुद्वारा बीजेपी हराउन पश्चिम बंगालमा ममता बनर्जीको पक्षमा प्रचार गर्नु; केन्द्रीय सरकारको नागरिक दर्ता कानूनले केही बंगालादेशी र नेपाली मूलका बंगाली भारतीयहरुमा देश निष्कासनको त्रास हुनु; पश्चिम बंगालमा बंगाली राष्ट्रवादको जड बलियो हुनु; बिजेपीको हिन्दु राष्ट्रवादको अहंकारले गैर हिन्दूहरुलाई पिरोल्नु;  धर्मलाइ राजनीतिकाे संकिर्णतामा घसिटेर आफ्नो हतियार बनाउन खोज्नु र बंगालीहरुले भावी प्रधानमन्त्रीको रुपमा समेत नरेन्द्र मोदीको विकल्पको रुपमा देख्नुलाई औंल्याइएको छ ।

सम्बन्धित समाचार


Leave a Comment