Monday, 17 May, 2021    |    २०७८ जेष्ठ ३ गते , सोमवार

मई दिवसको इतिहास : यसको सान्दर्भिकता र महत्व


२०७८ बैशाख १७ गते , शुक्रवार प्रकाशित

uploads/media/

अग्रेजी मे  महिनाको पहिलो तारिखका दिन अर्थात १ मईका दिन बिश्वभर प्रायः सम्पूर्ण देशहरुमा अन्तर्राष्ट्रिय मई दिवसको रुपमा मनाइने गरिन्छ । यो दिनले जन साधारणलाई नयाँ समाजको निर्माणमा श्रमिकहरुको योगदान र उनीहरुले चलाएको ऐतिहासिक श्रमिक आन्दोलनको स्मरण गराउँदछ । अनि बर्तमान र आगामी दिनका लागि आत्म समीक्षा गर्दै अघि बढ्न घच्घच्याउदछ ।

यो मई दिवसको  इतिहास ट्रेड यूनियनहरुको एउटा अन्तर्राष्ट्रिय महासंघले अमेरिकाको शिकागोमा भएको हे मार्केट घटनालाई स्मरण गर्दै श्रमिकहरुको समर्थनमा १ मईका दिन ‘मई दिवस’ मनाउने क्रम शुरु गरेको हो ।

अमेरिकाले सन् १८९४ मा श्रमिक दिवसका दिन राष्ट्रिय बिदा दिएर जान शुरु गरेको थियो । जहाँ प्रत्येक बर्ष सेप्टेम्बरको पहिलो सोमबारका दिन यो दिन मनाउने गर्न थालियो । क्यानाडले पनि यही परिपाटी अपनाएर श्रमिक दिबस मनाउन शुरु गर्यो ।

       सन् १८८० मा समाजबादी तथा श्रमिक पार्टीहरुद्वारा बनाइएका संस्था जसलाई सेकेण्ड इण्टरनेशनले भनिन्छ, ले घोषण गर्यो कि बिश्वमा मई १ का दिनदेखि अन्तर्राष्ट्रियरुपमा यो दिबस मनाइने छ । अनि सन् १९०४ मा एम्सटर्डममा अन्तर्राष्ट्रियले सबै  सोशियल डेमोक्रेटिक संगठनहरु र सबै देशका ट्रेड यूनियनहरुलाई एक दिनको काम ८ घण्टा मात्र लागु हुने प्रचलन शुरु गर्दै त्यसलाई कानुनी मान्यता दिलाउन एक मईका दिन उत्साहकासाथ प्रदर्शन गर्न आह्वान गर्यो । अन्ततः सन् १९१६ मा अमेरिकाले अमेरिकी श्रमिकहरुको बर्षौंदेखिको निरन्तरको बिरोध र संघर्ष पछि दिनको आठ घण्टा कार्य समयको मुद्दालाई आधिकारिक पहिचान दिन ुशरु गरेको हो। 

हे मार्केट संघर्षको क्रान्तिकारी इतिहास 

         १ मई १८६ मा अमेरिकाको शिकागोमा भइरहेको हडतालकोरुप निकै आक्रामक बनेको थियो । बास्तवमा शिकागो त्यतिबेला अमेरिकामा जुझारु बामपन्थी मजदुर आन्दोलनको केन्द्र नै बनेको थियो । त्यस दिन शिकागोमा श्रमिकहरुको अत्यन्तै ठूलो जन सागर सडकमा ओर्लियो । त्यहाँको संगठित मजदुर आन्दोलनको आह्वानमा शहरका सम्पूर्ण कारखाना र औजारहरु पूरै बन्द गरिए र मेशिनहरु सबै रोकिए ।

हुन पनि त्यतिबेलासम्मको मजदुर आन्दोलनमा कहिल्ये पनि शिकागोमा त्यस दिन भए जस्तो शानदार बर्ग–एकता र सशक्त प्रदर्शनको अनुभव त्यसअधि कहिल्यै भएको थिएन । वास्तवमा त्यस मजदुर आन्दोलनले अमेरिकाको मजदुर बर्गको संघर्षको इतिहासमा यो एउटा नयाँ अध्याय नै थपेको थियो । त्यतिबेला आन्दोलन बिरुद्ध रहेको शिकागोको सरकारी प्रशासन चुपचाप बसेको भने बिल्कुलै थिएन । मजदुरहरुमाथि दमन र गिरफ्तारी चलाइरहेको थियो । त्यसले गर्दा पुलिस र मजदुरका बीच हि«ंसक र सांघातिक झडपहरु शुरु भइसकेका थिए । त्यसमा ४ नागरिक र आठ पुलिस मारिएका थिए ।

कयौं आन्दोलनकारी श्रमिकहरुले श्रमिकका अधिकारहरुको उल्लंघन भइरहेको कुराको बिरोध गरिरहेका थिए र कामको घण्टा कम गर्ने र ज्याला बृद्धिको पनि माग गरिरहेका थिए ती प्राय सबैलाई पुलिस प्रशासनले पक्राउ गरिरहेको थियो र आजीवन काराबास या मृत्यु दण्डसम्मको सजायको घोषणा गरिरहेको थियो । 

मई दिवस एउटा अन्तर्राष्ट्रिय  बिदाको दिनभन्दा बढी महत्वको दिन

श्रम केवल उत्पादनको क्षेत्रमा मात्रै होइन, आर्थिक गतिबिधिका अरु सबै क्षेत्रमा एउटा अत्यन्तै महत्वपूर्ण कारक रहेको हुन्छ । बिश्व प्रसिद्ध क्रान्तिकारी दार्शनिक कार्ल मार्क्स र प्रसिद्ध अर्थशास्त्री डेभिड रिकार्डोहरुले त्यसैले श्रमिकको श्रमलाई उत्पादनको मूख्य श्रोतकारुपमा प्रमुख स्थान दिएका हुन् ।

स्पष्ट छ, यसरी श्रमिकले कुनै पनि देशको आर्थिक तथा सामाजिक बिकासमा अत्यन्तै महत्वपूर्ण भूमिका निर्बाह गर्दछन् ।श्रमिकहरुको त्यही भूमिकालाई मान्यता र पहिचान दिलाउन बिश्वमा श्रमजीव बर्गको अर्थ–राजनीतिक प्रणाली स्थापना गर्न चलेका गौरबशाली श्रमिक आन्दोलहरुको इतिहासलाई स्मरण गर्न यो अन्तर्राष्ट्रिय मई दिवस मनाउने गरिदै आएको हो । 

यस सन्दर्भमा बिश्वका अधिकांश देशहरुले यस दिन राष्ट्रिय बिदा दिने गरेका छन् । तर यो बिदाका लागि बिदाको दिन मात्रै होइन, अनि त्यसरी लिइनु पनि हुँदैन ।तर आजको नयाँ पिढीले मजदुर बर्गको गौरबशाली इतिहासलाई वास्ता नगरी या बिर्सिएर केवल यस दिनलाई एउटा बिदाको मनोरञ्जन गर्ने दिन जस्तो मात्र मानेको  र सम्झेको जस्तोे बिडम्बनापूर्ण स्थिति छ । यसले बिश्व समाजमा मजदुर बर्गका जुन अग्रगन्य र महत्वपूर्ण क्रान्तिकारी भूमिका रहँदै आएको छ त्यसलाई अर्थबादमा सीमित गरेर  बिस्मृतिको गर्भमा धकेलिदिन्छ ।

मई दिवस र  कामको आठ घण्टा 

यो मई दिवसको जन्म नै कामको घण्टा कम गर्ने आन्दोलनसँग अटुट सम्वन्ध राखेर बिकसित भएको हो । मजदुर बर्गका आधारभूत अधिकार स्थापित गर्ने र कामको घण्टा कम गर्ने जुन महत्वपूर्ण कुरा छ त्यो बास्तवमा श्रमजीबी बर्गका लागि एउटा उच्च महत्वको राजनीतकि मुद्दा पनि हो ।

बिश्वमा खाशगरी अमेरिकामा जतिबेला कारखाना–ब्यबस्थाको आरम्भ भयो झण्डै त्यही बेलादेखि यो संघर्ष पनि शुरु भएको हो । यद्यपि अमेरिकामा धेरैजसो मजदुरको माग आरम्भिक हडतालर संघर्षमा सर्बाधिक प्रचलित थियो । तर जब मजदुरहरुले आफ्ना साझा मागहरु सूचिबद्ध गरे त्यसपछि कामको घण्टा कम गर्ने प्रश्न र अझ संगठित हुने प्रश्न संघर्षको केन्द्र बिन्दू बन्न थाले ।

अनि मजदुरहरुमाथि जति जति शोषण बढ्दै गयो, उनीहरुमाथि अमानबीय किसिमले लामो समयसम्म कामको दिन  अझ बोझिलो हुन थाल्यो त्यसकासाथै कामको घण्टा कम गर्ने माग पनि अझ बढी जोडदाररुपमा उठ्न थाल्यो। १९औ शताब्दीको आरम्भमा नै अमेरिका मजदुरहरुले ‘सूर्योदयदेखि सूर्यास्तसम्म’को लामो कामको सयमको बिरोधमा आफ्ना गुनासा र मागहरु स्पष्ट पारिसकेका थिए । 

के बिर्सन हुँदैन भने सन् १८०६ मा नै अमेरिकी सरकारले कतिपय हडताली मजदुरहरुका नेतालमाथि मुद्दा चलाएको थियो । त्यस क्रममा के कुरा सामुमा आएको थियो भने त्यतिबेला मजदुरहरुलाई झण्ड १९ देखि २० घण्टासम्म काममा दलिने गरिन्छ ।

अनि १९औं शताब्दीका दोश्रो र तेश्रो दशक कामको घण्टा क म गर्नका लागि हडतालहरुले भरिएको देखिन्छ ।त्यसै कालखण्डमा कयौ औद्योगिक केन्द्रहरुले त एक दिनमा कामको घण्टा १० मात्र गर्नु पर्ने माग पनि निश्चित गरिदिएका थिए । उल्लेखनीय के छ भने त्यो संघर्ष, जसले‘मइ दिवस’ लाई जन्म दियो अमेरिकामा सन् १८८४मा ‘कामको घण्टा ८ गर’ भन्ने आन्दोलनबाट शुरु भएको थियो ।


निष्कर्ष

यो मजदुर आन्दोलनको इतिहासदेखि बर्तमानसम्म यसमा अनेक उदार चढावा आएका छन् । तर यसको जुन आधारभूत मुद्दा हो बिशेषतः मजदुर बर्गकै राज्यसत्ता कायम गर्ने मुद्दा त्यसको सान्दर्भिकता आज अझ ब्यापकरुपमा बढेको छ । किनभने बिश्वब्यापीरुपमा श्रमजीबी जनतामाथि जुन असमानता र शोषण तीब्र भएको छ त्यसले केवल एउटा औद्योगिक मजदुर बर्गको मागमा मात्र यो अन्दोलन सीमित हुन र रहन सक्तैन र यसले ब्यापक श्रमजीबी जनताको मुक्ति र प्रगतिकै आमूल परिबर्तनकारी बाटो खोज्दछ । त्यसैले आज बैज्ञानिक समाजबाद नै बिश्वको सुनिश्चित, सुखमय र सुन्दर भबिष्य हो भन्ने कुरा बिश्वब्यापीरुपमा नै बहस चर्चाको बिषय फेरि बनिरहेको छ । 


सम्बन्धित समाचार


Leave a Comment