Monday, 17 May, 2021    |    २०७८ जेष्ठ ३ गते , सोमवार

जनकल्याण साकोस रजत वर्षमा प्रवेश, विश्व साइकल यात्री शाहलाई सम्मान


२०७८ बैशाख १७ गते , शुक्रवार प्रकाशित

uploads/media/

हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले २५ औं स्थापना दिवस एवं रजत वर्ष शुभारम्भ कार्यक्रम गरेको छ । उक्त अवसरमा राष्ट्रिय व्यक्तित्व विश्व साइकल यात्री पुस्कर शाहलाई कदर पत्र सहित सम्मान, ८० वर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । त्यसैगरी संस्थाले हाम्रो जनकल्याणको २५ वर्ष नामक स्मारिका विमोचन गरेको छ । 

भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरत बहादुर के.सी.को प्रमखु आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाई र नेफ्स्कुनका सञ्चालक जिवसराज खडका विशेष अतिथि रहेका थिए । संस्थाका अध्यक्ष राजन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य सतर्कता अपनाउँदै सञ्चालक, लेखा सुपरिवेक्षण समिति सदस्य, उपसमिति सदस्य, शेयर सदस्य र पत्रकारहरुको उपस्थिति रहेको थियो । 

आफ्नो २५ औं स्थापना दिवस तथा रजत वर्षको अवसरमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला रेडक्रस सोसाइटी दोलखा शाखासँगको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २६ जनाले गरेका थिए । 

विगत तीन वर्षदेखि संस्थाले स्थापना दिवसको अवसरमा खुला रक्तदान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले जानकारी दिए। हाम्रो जनकल्याण साकोस आजबाट २५ वर्षमा प्रवेश गरेको छ । 



सम्बन्धित समाचार


Leave a Comment